X wada

आर्थिक

    Showing २०१-२१० of ५४८ items.
  • न्यायाधीश र प्रहरीसँग सेटिङ मिलाएर हत्याका अभियुक्त छुटाइदिने भन्दै ३३ लाख ठगी

    विराटनगर,फागुन ८ गते –  न्यायाधीश र प्रहरीसँग ‘सेटिङ’ मिलाएर हत्याका अभियुक्तलाई छुटाइदिने भन्दै पीडकका परिवारसँग ३३ लाख रूपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का नेतृत्वको टोलीले इटहरी उपमहानगरपालिका–२० का मन्दु भनिने ३९ वर्षीय जसबहादुर लिम्बूलाई पक्राउ गरेको हो। लिम्बू र इटहरी–१२ का भरत चौधरी मिलेर इटहरी–१२ खनार बस्दै आएकी तारा कार्की ९पुरी०सँग विभिन्न समयमा ३३ लाख रूपैयाँ लिएको खुलेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए। चौधरी भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २५७ पटक पढिएको
  • पूर्वाधार निर्माणमा फड्को मार्दै मधेस सरकार

    सिरहा,फागुन ७ गते –  मधेस प्रदेश सरकारले चार वर्षमा पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । मधेस प्रदेश सरकारले तयार पारेको प्रगति विवरणअनुसार चार वर्षको अवधिमा पूर्वाधार विकास निर्माणका क्षेत्रमा फड्को मारेका हुन् । सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाईलगायत पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेको दावी गरिएको छ ।मधेस सरकारले प्रदेशभरमा गरी २२४ किलोमिटर कालोपत्रे सडक, २३७ किलोमिटर ढलान सडक, ९३७ किलोमिटर ग्राभेल सडक र २२५ किलोमिटर माटो सडक निर्माण गरी जम्मा एक हजार ६२३ किलोमिटर सडक निर्माण गरेर सवारीसधान सञ्चालन योग्य ब

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ३२४ पटक पढिएको
  • सीपसंगै किसानलाई लाईसेन्स दिने तयारी

    राजविराज,फागुन ७ गते – सप्तरीको राजविराजमा किसानहरुको क्षमता अभिवृद्धी,बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी आधार भूत तालिम सुरु भएको छ ।कृषि उत्पादनमा वृद्धि तथा वेरोजगार युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको जनाइएको छ । कृषि ज्ञान केन्द्र सप्तरीद्वारा आयोजित तीन दिवसीय तालिमको उदघाट्न गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वेरोजगारी समस्या हल गर्नका लागि कृषिको उत्थान हुनु आवश्यक रहेको बताए । ‘बेरोजगारीले गर्दा युवाशक्ति विदेशीने क्रम बढेको छ , उनले भने “रोजगारी दिएर उनीहरुलाई स्वदेश मै रोक्नकालागि यस प्रकारको कार्यक्रमले कृषि उत्थान र युवालाई आफ्नै

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २१५ पटक पढिएको
  • पेट्रोलियमको आशा

    सिरहा,फागुन ७ गते – दैलेखको पादुकास्थान, नाभिस्थान र शिरस्थानमा सदिऔंदेखि अखण्ड दीप प्रज्वलन हुँदैआएको छ । अध्यात्मका चिन्तकहरूले यसलाई दैविक शक्तिको रुपमा व्याख्या गर्दै आएका छन् । यद्यपि, पेट्रोलियम पदार्थको अध्ययनले दिएको निष्कर्ष छ, सो क्षेत्रमा पेट्रोलियम पदार्थको अथाह भण्डार छ । त्यो ज्वाला दैविक शक्ति नभई पेट्रोलियम पदार्थ भण्डारको सङ्केत हो ।खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेका विज्ञ समूहले गरेको अध्ययनबाट सो क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको तथ्य पत्ता लगाएको हो । टोलीले पञ्चकोसी क्षेत्रमा बगिरहेको पेट्रोलियम पदार्थ, ग्यासको उत्खनन् र सम्भावनाबारे स्थलगत अध्ययन ग

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १८१ पटक पढिएको
  • राष्ट्रिय वाणिज्य बैंक प्रवेश गरी तोडफोड गरेको आरोपमा एक पक्राउ

    नेपालगन्ज,फागुन ६ गते – बाँकेमा बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका– २ स्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  कैलाली टिकापुर घर बताउने २६ वर्षीय सन्जु विकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। हतियारसहित बोकेर बैंकमा प्रवेश गरेका उनले तोडफोड गरेको आरोप छ। महत्वपूर्ण कागजात च्यातेको तथा दराज समेत तोडफोड गरी भागेको प्रहरीले जनाएको छ। उनी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २२४ पटक पढिएको
  • यान्त्रिक परीक्षण उडान आजदेखि

    भैरहवा, फागुन ६ गते – कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्था

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २०४ पटक पढिएको
  • तस्करी गरेर भारत लैजाँदै गरिएको कत्था बरामद

    विराटनगर,फागुन ६ गते –  तस्करी गरेर भारततिर लैजाँदै गरिएको कत्था सशस्त्र प्रहरीले विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ हजार ७१ किलोग्राम कत्था बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार बीओपी रानीको टोलीले भारत प्रवेश गर्न लागेको को १ त ६६२० नम्बरको ट्याक्टर र त्यसमा जडान गरिएको को १ त ५६११ नम्बरको ट्रलीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।  त्यस क्रममा सानो र ठूलो काटुनमा प्याक गरेर बोराभित्र राखिएको अवस्थामा कत्था बरामद गरिएको एसपी लाम

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २०० पटक पढिएको
  • सुनको मूल्यमा बढयो

    सिरहा,फागुन ६ गते –  सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको हो। यसअघि बिहीबार सुनको भाउ तोलामा १ हजारले बढेर ९६ हजार १ सय पुगेको थियो।त्यसैगरी, तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोकेको छ। बिहीबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १५१ पटक पढिएको
  • स्रोत नखुलेको छ लाख रूपैयाँसहित दुई महिला पक्राउ

    विराटनगर,फागुन ६ गते –  शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको छ लाख रूपैयाँसहित दुई जना महिलालाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ की ३५ वर्षीया गीता साह र विराटनगर–१५ की ३७ वर्षीया मुन्नी साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।उनका अनुसार सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले दुवै जनालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट बिहीबार पक्राउ गरेको हो । गुप्ताङ्गमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुको साथबाट तीन–तीन लाख रूपैयाँ नगद बरामद भएको

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २५१ पटक पढिएको
  • चन्दा उठाउन भूमिगत समूहको नाममा झापामा नक्कली बम आतंक

    काठमाडौं,फागुन ६ गते – भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक फैलाएर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरेको हो ।१ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, झापाको टोलीले यसमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह– २ का सुमनकुमार कार्कीसहित ९ जना छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार यो समूहले शंकास्पद वस्तु राखेर व्यवसायीबाट चन्दा

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १२७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२