नेपालगन्ज,फागुन ६ गते – बाँकेमा बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका– २ स्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। कैलाली टिकापुर घर बताउने २६ वर्षीय सन्जु विकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
हतियारसहित बोकेर बैंकमा प्रवेश गरेका उनले तोडफोड गरेको आरोप छ। महत्वपूर्ण कागजात च्यातेको तथा दराज समेत तोडफोड गरी भागेको प्रहरीले जनाएको छ।
उनी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।




















