सिरहा,फागुन ६ गते –  सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको हो। यसअघि बिहीबार सुनको भाउ तोलामा १ हजारले बढेर ९६ हजार १ सय पुगेको थियो।

त्यसैगरी, तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोकेको छ। बिहीबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।