सप्तरी,पुस २५ गते । सप्तरीको खडक नगरपालिका ११ मा बिग्रेर रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बोदेबर्साइनबाट राजबिराज तर्फ जादै गर्दा हुलाकी सडक खण्डअन्तर्गत वडा नं. ११ मा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल ठोकिंदा चालक खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको हो।दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुस
सिरहा,पुस २४ गते । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका( ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।शिक्षिकाको
सिरहा,पुस २३ गते । केही दिनदेखि बाक्लो कुहिरोसँगै चलेको शितलहरका कारणसिरहा प्रादेशिक अस्पताल सिरहामा चिसोका विरामीको चाप बढेको छ । चिसोकोकारण अधिकांश बुढापाका र बालबालिका प्रभावित भएको जनाइएको छ । पहिला एक देखि एक सय पचास जना विरामी आउने अस्पतालमा अहिले दोब्बर अंकले विरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ । प्रादेशिक अस्पताल सिरहाका चिकित्सक डा. मनिष यादवका अनुसार चिसोको कारण दम र निमोनियाका विरामीहरुको अत्यधिक चाप बढेको उल्लेख गर्नुभयो ।शितलहरसँगै चलेको चिसोको कारण अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन तथा झोलिलो पदार्थहरु सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । अत्यधिक चिसो बढेको
बद्री नारायण यादवसिरहा,पुस २३ गते । हावासँगै बढ्दो चिसो छल्न बरियारपट्टी गाउँपालिकाले दाउरा वितरण गरेका छन्। पालिकाको ५ वटै वडाका चौक तथा विभिन्न बस्तीको सार्वजनकि स्थानहरुमा चिसो छल्न दाउरा वितरण गरेको हो।कार्यपालिकाको नीति अनुरुप बरियारपट्टी चौक, जानकीनगर चौक, कचनारी, तेनुवाँपट्टी चौक, सोहपुर, बलुवा चौक तथा पालिकाभित्र अन्य सार्वजनिक स्थानहरुमा सय क्यून्टल भन्दा बढि दाउरा वितरण गरिएको जनाइएको छ। श्री शेर गण चोहर्वा सिरहाका प्रमुख सेनानी सुमन थापाको सहयोग र गापाको आर्थिक प्रशासन शाखाका प्रमुख विजय कुमार ठाकुरको समन्वयमा दाउरा वितरण गरिएको बताए।‘बढ्दो चिसोलाई ध्यानमा राखेर तत्कालका लागि पालिका
उदयपुर,पुस १९ गते । उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले आर्थिक आम्दानी गर्न थालेका छन् ।अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् ।केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको
काठमाण्डौ,पुस १९ गते । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यू
काठमाण्डौ,पुस १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । साथै पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।२६ गते नै सभा
काठमाण्डौ, पुस १८ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।प्रजिअ उपाध्यायका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दु
धनुषा, पुस १८ गते । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभ
काठमाण्डौ, पुस १७ गते । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ(जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो ।टेलिकमले फाइभ(जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ(जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटियो,’ उनले भने,’त्यसका कारण पनि हामीले परीक्षण केही पछि लगेका हौं ।’टेलिकम
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.