अनुभक्त चौधरी

सिरहा,माघ २ गते । सिरहाको लहान नगरपालिका वडा नं. १८ अमही स्थित ऐतिहासीक तथा धार्मिक स्थल पकडियागढमा पोखरी सौन्दर्य करणको काम भएको छ ।

सौन्दर्यकरण अन्तर्गत मधेस प्रदेश सरकारको ४० लाखको लगतमा पोखरीको पूर्व र दक्षिण तर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाईट र मन्दिरको प्राङ्गनमा पीसीसी ढलान गरिएको छ । यस्ता संरचना निर्माणले विवाह, ब्रतबन्ध लगायत सामाजिक कार्य गर्न समेत सहज हुनुको साथै सार्वजनिक रुपमा रहेको उक्त पोखरी संरक्षण समेत भएको स्थानीयको भनाइ रहेको छ । 

हरेक वर्ष बैशाख २ गते भव्य लाग्ने पकडियागढी मेलामा चोहरमलले खनेको सुरुङ्ग हेर्न नेपाल लगायत छिमेकी राष्ट्र भारतको हजारौं दर्शनार्थीहरु मेला भर्न आउने गरेको छ । उक्त संरचना निर्माणले भक्तजनलाई नुहाई धुहाई गर्न सजिलो हुनुको साथै पूजा पाठ गर्न समेत सहज भएको स्थानिय विष्णु देव चौधरीले बताउनु भयो ।

vlcsnap-2023-01-16-13h28m46s901

राजा कुलेश्वर र महरानी चन्द्रावतीको गथासंग जोडिएको वर्षौ पुरानो उक्त सार्वजनिक पोखरी संरक्षणको अभावमा पोखरी जिर्ण हुनुको साथै वरिपरि फोहोरको कारण  मानिसको आउ जाउ कम हुने गरेको थियो । 

घाट निर्माणका काम पूरा भएपछि अमहिका सयौं स्थानीयलाई विभिन्न सांस्कृतिक पर्वमा पूजा पाठ गर्ने लगायत सार्वजनिक काममा समेत पोखरीले सहयोग गरिएको छ । अझै उक्त देवस्थल एवम् धार्मिक पर्यटकीय क्षेत्रलाई सौन्दर्यकरण खाँचो रहेकोले मधेश प्रदेश सरकारलाई थप सहयोगको लागि स्थानीयले अपिल गरेको छ । 

vlcsnap-2023-01-16-13h27m42s977vlcsnap-2023-01-16-13h29m02s929