सिरहा,माघ २ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुल नाराका साथ शुरु भएको फुटवल टुर्नामेन्टमा सप्तरीको सिसुवारी फुटवल क्लवले नवाेबुध्द फुटवल क्लव मझाैलाई एक को विरुद्ध दुई गोलले जित हसिल गरेको छ ।
लहान नगरपालिका वडा नं. ११ स्थित पिडरबोनी फुटबल क्लव सिरहाद्वारा आयोजित फुटवल गोल्डकपमा विजयी भएका सिसुवारी फुटबल क्लवलाई एकाउन्न हजार नगदसहित शिल्ड प्रमाण पत्र प्रदान गरिएको थियो भने खेलमा दोस्रो हुने नवाेबुध्द फुटवल टिमलाई सताईस हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

पुस २३ गते आयोजित फुटबल गोल्ड कप टुर्नामेन्टमा सिरहा र सप्तरी जिल्लाका आठ वटा टिम सहभागी भएको थियो ।
विजयी फुटवल टिमका विजेताहरुलाई लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले नगद तथा शिल्ड प्रदान गरिएको थियो ।
























