सिरहा,पुस २९ गते । सिरहाको लहानस्थित प्रादेशिक अस्पताल न्यूनतम् सेवा मापदण्डको मूल्यांकनमा पछाडि परेको छ । यस अघि ७१ प्रतिशत मापदण्ड पूरा गरेको प्रादेशिक अस्पताल लहानले यसपल्ट ६१ प्रतिशतमा झरेको हो ।

मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा फोहोरको व्यवस्थापन, विरामी अनुसारको वार्ड वर्गीकरण, विरामीप्रति गरिने व्यवहार लगायतको कमजोरीका कारण न्यूनतम सेवा मापदण्डमा पछाडि परेको जनाइएको छ । 

vlcsnap-2023-01-12-15h55m08s998

मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको कार्य योजना बमोजिम सबै प्रादेशिक अस्पताललाई प्रत्येक ६ महिनामा गरिने न्यूनतम सेवा मापदण्डको मूल्यांकनमा लहानस्थित प्रादेशिक अस्पतालको सो नजिता आएको मन्त्रालयका सचिव लक्ष्मी भट्टराईले जनाउनुभयो ।

प्रादेशिक अस्पताल लहानलाई व्यवस्थापकीय पक्षबाट भएको कमी कमजोरीलाई आत्मसात गर्दै अबका दिनमा अस्पतालाई राम्रो बनाउन आ आफ्नो क्षेत्रबाट लागि पर्ने सरोकारवालाहरुले वताएका छन् ।

vlcsnap-2023-01-12-15h56m07s764

सिरहा, सप्तरी, उदयपुर तीन जिल्लाको संगमस्थलको रुपमा रहेको प्रादेशिक अस्पताल लहानमा दैनिकी सयौंको संख्यामा विरामीहरु आउने गरेको छ । न्यूनतम सेवा मापदण्डको मूल्यांकनमा दिन प्रति दिन कमजोर हुँदै जान थालेपछि स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरु संशकित भएका छन् । 

vlcsnap-2023-01-12-15h55m24s625vlcsnap-2023-01-12-15h55m33s279vlcsnap-2023-01-12-15h55m40s243

vlcsnap-2023-01-12-15h54m56s116