अनुभक्त चौधरी

सिरहा,माघ ३ गते । वर्षाको समयमा पानीको भेलले कटानको सम्स्या झेल्दै आइरहेका सिरहा स्थित लहान नगरपालीका वडा नं. १० खुट्टी खोलामा मधेश प्रदेश सरकारको २५ लाखको लागतमा स्पर निर्माण भएपछि ग्रामीण चौक आसपासका वस्ति जोगिएको छ ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिरहा मार्फत आर्थिक वर्ष २०७८/०७९ को वजेटले खुट्टी खोलामा चार वटा स्पर निर्माण भएपछि सो समस्या हटेको स्थानीय वताउँछन् । 

vlcsnap-2023-01-17-12h42m44s612

खुट्टी खोलाको भेलले वर्षेनी कटान भईरहदा ग्रामिण चौकको पश्चिम भागको वस्ति जोखिममा पर्दै आएको थियो । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको स्थलगत अनुगमान पश्चात बनेको स्परले कटानको समस्याबाट वस्तिहरु जोगिएको स्थानिय नविन कार्कीले उल्लेख गर्नुभयो ।

vlcsnap-2023-01-17-12h43m20s588

चुरे क्षेत्रबाट निस्केको खुट्टी खोला दिनदिनै फराकिलो भई खोला वरिपरिको वस्तिसँगै खेती योग्य जग्गा समेत कटान गर्दै आएको छ । खेती योग्य जग्गा एवम् अन्य वस्तिलाई जोगाउनको लागि बाँकी रहेको ठाउँमा कटान रोकथामको लागि संरचनाहरु निर्माणको लागि सहयोग गरिदिन प्रदेश सरकारसंग स्थानियले आग्रह गरेको छ । 

vlcsnap-2023-01-17-12h43m10s536vlcsnap-2023-01-17-12h42m12s504