धनगढी, कात्तिक २५ गते । देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो । निर्वाचनले नछुनेमध्ये एक हुनुहुन्छ कैलालीको लम्कीचुँहा नगरपालिका–६, प्रतापपुरका रामसिंह भुल । हाल ६५ वर्षका उहाँले पञ्चायतकालपछि बहुदलकालमा मतदान गर्न पाउनुभएको छैन । भोट हाल्ने रहर हुँदा पनि भारतमा काम गरिरहेकाले उहाँले भोट हाल्ने अवसर नपाउनुभएको हो ।“म भारतमा काम गर्न थालेकै ४० वर्ष हुन थाल्यो । यस पटक आमा बितेकाले आएको थिएँ । काजकिरिया सकेर फर्किन थालेको छु ।” गौरीफन्टा नाकामा भेटिनुभएका विकले
सिरहा, कात्तिक २३ गते । मधेश प्रदेशमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आठ दशक उमेर नाघेका मतदाता ८० हजारभन्दा बढी छन्। आठ दशक नाघेका मतदातामध्ये ३९ हजार ८५९ पुरुष र ४१ हजार ६६ महिला गरी ८० हजार ९२५ जना छन्। यस प्रदेशमा उमेरको हिसाबले सबभन्दा कम ८१ वर्षमाथि समूहका मतदाता छन्। यहाँ कुल ३३ लाख ८६ हजार ६२८ जना मतदाता निर्वाचनमा मतदान गर्ने भएका छन्। प्रदेशमा पुरुष मतदाता १८ लाख २७ हजार ८५४ जना र महिला १५ लाख ५८ हजार ७०४ जना र अन्य ७० जना छन्। निर्वाचन आयोगले पछिल्लो २५ वर्षदेखि ८१ वर्षमाथिका मतदाता रहेको जनाएको छ। यसैगरी सबभन्दा बढी २६ देखि ४० वर्ष उमेर सम
काठमाडौं, कात्तिक २२ गते । ट्राफिक प्रहरीले मङ्सिर १५ देखि तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने, लेन मिच्नेलाई नियमअनुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिनुपर्ने भएको हो ।ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनु रहेको बताउनुभयो ।भट्टका अनुसार तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गरेको छ । आर्थिक वर्ष २०७८र०७९ मा तीन हजार ५४३ र चालु आर्थिक वर्षको तीन महिनामा ६४९ वटा स
सिरहा,कात्तिक २२ गते। सिरहा,धनुषाको सीमाना छुट्याउने कमला नदीमा आफ्नो ज्ञान पाको पार्न आउने धामी–झाँक्रीको मेला नै लागेको छ। वर्षभरी आफूले सिकेको ज्ञान पाकोपार्न आज कमला नदिमा धामी–झाँकीहरुको भिडलाग्ने गरेको हो।प्रत्यक वर्ष कत्र्तिक पूर्णिमाका दिन हिजै बेलुका गाउँ–गाउँबाट हिडेका धामी–झाँक्रीका समूह कमलानदीको उतराहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा सतवैत (सपथ) गर्ने गरेका छन्।पहेलो धोती र सारी पहिरेका बेतको लौरो, हुरहुरत्र्ती बलिरहेको माटोको ढकना ९भाँडा० बोकेका सिकारु धामि–झाक्रिहरु आजकै दिन कमला नदीमा डुवेर शपथलिने गरेपछि पाको हुने विश्वास साथ पुग्ने
सिरहा,कार्तिक २२ गते । नेपाली काँग्रेसको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा (१) मा सदस्य पदको उम्मेदवार रामसगुन यादव र (२) मा संजय प्रकाश यादव रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्रमोहन यादवले बताए । सिरहा क्षेत्र नं.३ (२) को सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सिरहा क्षेत्र नं.३ को दुईवटै प्रदेश सदस्य पदका उम्मेदवार काँग्रेसकै रहेको बताए । यो वा त्योको हल्लामा नलाग्न र पार्टीको निर्णयलाई मान्न सबैलाई उनले आग्रह गरे । ‘पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्ने हुन्छ । त्यो मेरो आग्रह पनि छ । प्रदेशसभा सदस्यका लागि संजयप्रकाश र रामसगुनलाई मतदान गर्न आग्
लहान, कात्तिक २१ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ । गोल बजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा,विष्णुपुर गाउँपालिकाको वडा १ र ५, अर्नमा गाउँपालिकाको १,२ र ३ र सिराहा नगरपालिका पर्ने यस क्षेत्रको सबै पालिकाको प्रमुख उपप्रमुख,गाउँपालिकाको अध्यक्ष नेकपा एमालेले जितेकोले नेकपा एमाले जसपा गठबन्धनबाट नेकपा एमाले पोलिटव्युरो सदस्य तथा मधेस प्रदेशका सह–इन्चार्ज पूर्व कानुन मन्त्री रहिसक्नु भएको श्रेष्ठ आ
सिरहा,कार्तिक् १५ गते । भारत सरकारले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।नेपालमा आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारत सरकारले सहयोग गरेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।
सर्लाही, कात्तिक १५ गते । सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो । अहिले खेतीमा अर्मपर्म अर्थात् आलोपालो प्रचलन हराउँदै गएको छ । बाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भिœयाउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् । भारतीय सीमा क्षेत्रमा पर्ने सर्लाहीको दक्षिणी भेगमा पनि धान काट्ने मजदुरको अभाव भएको किसानले बताएका छन्
बिनोद मण्डल सिरहा,कार्तिक ८ गते। तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको छ।धनगढीमाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको छ । सोमबार विहान स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखि
https://youtu.be/DQRdUqhGkxo
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.