सिरहा,मंसिर २९ गते । सिरहा प्रहरीले कटुवा पेस्ता्ल सहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट ईलाका प्रहरी कार्यालय बिष्णुपुर

सिरहाबाट प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलिले जिल्ला सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ०३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा वर्ष २२ को विन्दे भन्ने सावन कुमार दासलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल थान–१, सोमा लाग्ने गोली राउण्ड–१ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।

पक्राउ परेका दास माथी आबश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।