काठमाडौं, पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।  

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुग्नुभएको हो । अहिले उहाँहरुबीच छलफल भइरहेको छ ।

यसअघि बुधबार बिहान नै प्रधानमन्त्री प्रचण्डले नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।