सिरहा,वैशाख १८ गते । सिरहाकाे लहान नगरपालिका वडा न.१२ र २२ मा पर्ने सलहेश फुलवारीकाे मन्दिरमा चाेरी भएकाे छ । धार्मीक वन सलहेश फुलवारीकाे मालिन र सलहेश मन्दिरमा चाेरी भएकाे हाे ।रातीकाे समयमा चाेरले मन्दिरकाे ताला फुटाई दानपेटीकामा भएकाे नगद चाेरी लगेकाे मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जनाउनु भयाे ।उनका अनुसार साँझमा करीव ७ बजे फुलवारीबाट घर गए विहान मन्दिर खाेल्न आएकी पुजारी हजुरआमाले फाेन गर्दा थहा भयाे ।आएर हेर्दा दुवै मन्दिरमा राखिएका दानपेटीका फुटाई दान पेटीकामा रहेकाे अन्दाजि ४/५ हजार नगद चाेरले लगेकाे धामी सिंहले बताउनस भयाे । चाेरले मालिन गहवरकाे ताला हेक्स
सिरहा,बैसाख १६ गते । हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोर्ने क्रम बढेको छ ।मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए ९स्नेचिंग०पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश जान थालेको छ । पछिल्लो पटक गत मंगलवार बिहान साढे ८ बजे आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतको बैंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये एकजनाको घाँटीबाट ७० ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट ४० ग्रामक
सिरहा,बैसाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न
सिरहा वैशाख,१३ । जनकपुरधाम । धनुषाको औरही गाउँपालिका(१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।
सिरहा,बैसाख १२ गते । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी(६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ। सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।
मटिहानी मा भिसन आगलागी भयेको छ । आगो नियन्त्रन गर्न गार्हो हुँदै । करिब ज्ञण्ण् भन्दा बढी घरमा आगो लागेको खबर छ ।मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछीमा अहिले करिब सयवटा घरमा आगो लागेको छ ।उक्त आगो मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणीयन्त्र बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेड क्रॉस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु द्वारा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
सिरहा,वैशाख १२ गते । जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पीडारीचोक स्थित नमूना होटेल एण्ड गेष्टहाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव मृत फला परेका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं। २०४ बुक गरेर बसेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।ढोका खुल्लै अवस्थामा कोठा खुल्ला नै थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परे
सिरहा,वैशाख ८ गते । सिरहाको अर्नमा गाउँपालिकाले गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार आयोजित नीति तथा कार्यक्रममा गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वातावरण वन तथा विपत्त व्यवस्थापन, संस्थागत विकास, सुशासन र सेवा प्रवाह संशोधन सहित पारित गरेको हो । विगतमा चलि आएको नीति तथा कार्यक्रममा केही थप घट गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनुभयो । पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सूचना तथा संचारलाई
सिरहा,वैशाख ८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरुको फितलो भूमिकाका कारण अझै नगर क्षेत्रभित्र करिव चार प्रतिशत वालवालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । ग्रामीण जागरण समाज धनगढीमाई नगरपालिका वडा नं. ५ द्वारा आयोजित विद्यार्थी भर्ना अभियान र धनगढीमाईको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले विद्यालय भर्ना अभियानलाई प्रभावकारी रुपमा संचालन नगरेकै कारण नगर क्षेत्रभित्र सो आकडाको वालवालिका विद्यालय बाहिर रहनुपर्र्ने अवस्था आएको आरोप लगाउनुभयो ।नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाले गर्नुपर्ने
सिरहा,बैसाख ३ गते । जानकी मन्दिरका महन्त रामतपेश्वर दासले धार्मिक तथा आध्यात्मिक स्थललाई विवादित नबनाउन आग्रह गरेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा महन्त दासले जनकपुरधामको विशेष दिन जानकी नवमी रहेको बताउँदै उनले धर्म र संस्कृतिको रक्षा र संरक्षणका लागि जानकी मन्दिरले सदैव आफ्नो भूमिका निर्वाह गरेकाले यस पवित्रस्थललाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने बताए ।जानकी सेनाले जानकी मन्दिर परिसरमा माटोको रामको मूर्ति स्थापना गरी राम नवमी मनाउनका लागि राम मन्दिर नै उपयूक्त ठाउँ रहेको भन्दै महन्त दासले जानकी मन्दिरमा माटोको प्रयोग गरेर रामको मूर्ति नबनाउन
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.