सिरहा,वैशाख ८ गते । सिरहाको अर्नमा गाउँपालिकाले गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । 

शुक्रबार आयोजित नीति तथा कार्यक्रममा गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वातावरण वन तथा विपत्त व्यवस्थापन, संस्थागत विकास, सुशासन र सेवा प्रवाह संशोधन सहित पारित गरेको हो । 

विगतमा चलि आएको नीति तथा कार्यक्रममा केही थप घट गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनुभयो । 

पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सूचना तथा संचारलाई विशेष महत्व दिइएको छ भने गाउँपालिकामा सुशासन कायम गर्न पनि गाउँपालिका कठोर भएको देखिन्छ । 

C0034T01

vlcsnap-2024-04-20-19h11m39s599vlcsnap-2024-04-20-19h11m13s463vlcsnap-2024-04-20-19h11m33s017