सिरहा,वैशाख ८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरुको फितलो भूमिकाका कारण अझै नगर क्षेत्रभित्र करिव चार प्रतिशत वालवालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । 

ग्रामीण जागरण समाज धनगढीमाई नगरपालिका वडा नं. ५ द्वारा आयोजित विद्यार्थी भर्ना अभियान र धनगढीमाईको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले विद्यालय भर्ना अभियानलाई प्रभावकारी रुपमा संचालन नगरेकै कारण नगर क्षेत्रभित्र सो आकडाको वालवालिका विद्यालय बाहिर रहनुपर्र्ने अवस्था आएको आरोप लगाउनुभयो ।

नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाले गर्नुपर्ने काम संस्थाले गरिएकोमा धन्यवाद प्रकट गर्नुहुँदै उहाँले नगरमा नियमित शैक्षिक क्षेत्रमा गतिविधि गरिरहेको भए पनि सबैको साथ सहयोग नपाएका कारण शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको स्वीकार गर्नुभयो ।  

C0137T01

नेपाली कांग्रेसका जिल्ला सभापति एवम् संविधान सदस्य रामचन्द्र यादवले नगर प्रमुख शिवशंकर महतोको करनी र कथनीमा फरक भएको वताउनुभयो । सभापति यादवले नगर प्रमुख महतोले भाषण गर्ने बेलामा ठूला ठूला भाषण गरे पनि काम भने फिटिक्कै नगरी नगरलाई तहस नहस पारेको आरोप लगाउनुभयो । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले नगरका मौजुदा शिक्षालाई राम्रो बनाउनको लागि आफूले सक्दो सहयोग गर्ने वताउनुभयो । सहभागिता र गुणस्तरीयता फरक कुरा भएको वताउनुहुँदै नेता चौधरीले शिक्षाको क्षेत्रको लागि नगरपालिकाको कुनै  स्पष्ट प्लान नहुँदा नगरको शिक्षा क्षेत्र कमजो हुँदै गएको वताउनुभयो । 

जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य डेनक मोक्तानले नगरपालिकाको शिक्षा क्षेत्रमा देखाएको उदासिनताको कारण पछिल्लो कालमा नगरको शिक्षा क्षेत्र तहस नहस भएको वताउँदै यस्तै रहे धनगढीमाई नगर क्षेत्रभित्रका विद्यालयहरुमा अझै वेथिति बढेर जाने गुनासो गर्नुभयो । 

कार्यक्रममा नवराज लामाले प्रस्तुत गरेको कार्यपत्रमा पाँच जनाले टिप्पणी गरेका थिए । कार्यक्रममा भर्ना अभियान, शैक्षिक गुणस्तरीयता लगायत शैक्षिणक गतिविधिको विस्तृत रुपमा शिक्षाविद् नन्द कुमार थापाले सहजीकरण गर्नुभएको थियो । 

ग्रामीण जागरण समाजका अध्यक्ष प्रकाश खड्काको अध्यक्षता, महेश मण्डलको संचालनमा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षा क्षेत्रमा सरोकारवाला राख्ने सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । 

C0017T01 1

C0141T01

C0006T01C0052T01 1