वैशाख २८ शुक्रबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण चौधरीले नेता निर्मल लामा नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको बताएका छन् ।धनगढीमाई नगर समितिदारा विहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित सहकारी भवनमा बिहीबार आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।कार्यक्रममा नेता चौधरीले भने, ’निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता पनि
वैशाख २८, शुक्रबार । सिरहा । हुन्डीको रकमसहित प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा पुरुषहरु रहेको वताइएको छ ।
काठमाण्डौ,बैशाख ७ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम
सिरहा,चैत्र ३ गते । सिरहाको लहानमा रहेको श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वाको स्थापनाको ७५ औं वर्षको अवसरमा आयोजित हीरक जयन्त कार्यक्रमको उद्घाटन आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ ।७५ औं हीरक जयन्तीको उद्घाटन गर्नुहुँदै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय स्तरमा संचालित पुरानो विद्यालयले सात दशक भन्दा बढी समयदेखि सरल र सुलभ तरिकाले गुणस्तरीय शिक्षा दिई यस क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक लगायतको क्षेत्रमा पुर्याएको योगदानको आफूले सह्रना गरेको वताउनुभयो । स्थानीय स्तरमा संचालित यस विद्यालयले भविष्यमा अभिभावकहरुको चाहना अनुसार श
सिरहा,फालगुन १३ गते । आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभ
सिरहा,फालगुन ४ गते । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताउनुभयो ।“डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौँ ।” उहा
सिरहा,फालगुन २ गते । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा ब
सिरहा,फागुन १ गते । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन्। ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण
सिरहा,माघ २९ गते । आईतबारबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो आइतबार सुरु भएको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आजबाट चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने, पार्टीको अगामी साङगाठनिक काम र फाल्गुन एक गतेदेखि तय भएको विधान सम्मेलनबाट समेत छलफल हुने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले वताउनुभयो ।
सिरहा,माघ २८ गते । मधेश प्रदेश सरकारले सवारी साधनको सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा परीक्षार्थीले आफ्नै सवारी साधन चलाउन सक्ने निर्णय गरेको छ । यस अघि ट्रायल परीक्षा हुने स्थलमा सम्बन्धित ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा परीक्षार्थीले त्यसवापत अतिरिक्त रकम दिनुपर्दथ्यो । ट्रायल सेन्टरको सवारी साधन ट्रायलकै बखत चलाउँदा जानकारी भए पनि अप्ठ्यारो हुने गरेको गुनासा आउन थालेपछि मधेश प्रदेश सरकारले सम्बन्धित परीक्षार्थीले आफ्नै सवारी साधन लिएर ट्रायल दिने निर्णय गरेको छ ।जनमत पार्टी सरकारबाट बाहिरिएपछि श्रम तथा याता
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.