सिरहा,जेठ १२ गते । बरियारपट्टि छोटी भन्सार पुनःस्थापनाको माग गर्दै सिरहाको जिरोमाईल खण्डमा स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण सयौं गाडीहरु अलपत्रमा पर्दा यात्रुहरु सास्तीमा परेको छ । आन्दोलनकारीहरुले सरकार विरुद्ध चर्का नारा लगाएको थियो । भन्सार बन्द हुँदा स्थानीय व्यापार व्यवसाय प्रभावित हुनुका साथै सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या भएको भन्दै छोटी भन्सारको पुनःस्थापनाको माग गर्दै चक्काजाम गर्नुपरेको संघर्ष समितिका अध्यक्ष विनोद कुमार यादवले उल्लेख गर्नुभयो । मागप्रति सम्बन्धित निकायले गम्भीर नबने आन्दोलनलाई थप सशक्त बनाउँदै लगिने आन्दोलनकारीहरु वताए । आन्दोलनकारीहरुल
जनकपुरधाम, जेष्ठ ८ गते । मधेश प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, जनकपुरधामले आज विश्व जैविक विविधता दिवस, २०८३ मनाएको छ ।जनकपुरधाम उपमहानगर पालिका वडा नं. २४ स्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहियामा उक्त कार्यक्रम मनाईएको हो । विश्वव्यापी रुपमा मे २२ तारिखका दिन मनाईदै आएको विश्व जैविक विविधता दिवसको उपलक्ष्यमा मन्त्रालयले विद्यालयमा अध्ययनरत विधार्थीलाई जैविक विविधता सम्वन्धी ओरिएन्टेसन दिएको छ । कक्षा ९ र १० मा अध्ययनरत करिव २०० सय विद्यार्थी, शिक्षक तथा स्थानिय निकायका पदाधिकारी सम्मिलित ओरिएन्टेसन कार्यक्रमको सहजीकरण मन्त्रालयका वनस्पति अधिकृत श्री दिपा पनेरुल
बरियारपट्टी,बैशाख २६ गते बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयको विरोधमा स्थानीयवासी तथा सरोकारवालाहरूको आन्दोलन तेस्रो दिन पनि जारी रहेको छ।आन्दोलनकारीहरूले सडकमा धर्ना दिँदै सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले छोटी भन्सार कार्यालय हटाइए स्थानीय व्यापार, राजस्व संकलन तथा सर्वसाधारणको दैनिक गतिविधिमा प्रत्यक्ष असर पर्ने बताएका छन्।स्थानीय व्यापारी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत आन्दोलनमा सहभागी भएका छन्। आन्दोलनका कारण केही समय यातायात आवागमनसमेत प्रभावित भएको स्थानीयहरूले बताएका छन्।आन्दोलनकारीहरूले सम्बन्धित निकायसँग वार्तामा
लहान, चैत ७ गते ।सिरहाको लहानस्थित गोल्डेन गेट इङ्लिस बोर्डिङ स्कूलले विश्व खेलकुद दिवस (World Athletics Day) को अवसरमा आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमाणपत्र, सिल्ड तथा मेडल प्रदान गरिएको हो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको भन्दै विद्यालयले विभिन्न खेलविधाहरू सञ्चालन गरेको थियो ।दौड, म्युजिकल चियर, दौड प्रतियोगिता लगायत अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । बिजेता विद
गाईघाट, चैत २ गते । उदयपुरको कटरी नगरपालिका वडा ५ मा सोमबार साँझ आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेर उक्त घटना भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उहाँको नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी, कटारी नपा ३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा ५ बलाहाका ४६ वर्षीय लील
हेटौँडा, १ चैत्र । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कसपले चालु आर्थिक बर्ष २०८२÷८३ को सात महिनाको अबधीमा नौ सय ट्रान्सफर्मर मर्मत गरी बाहिर जिल्ला पठाएको छ । सो कार्यालयका प्रमुख ईञ्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आर्थिक बर्ष २०८२÷८३ को साउनदेखि हालसम्म वर्कसपमा बिभिन्न जिल्लाबाट बिग्रिएर आएका नौ सय ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाएको छ । अघिल्लो आर्थिक बर्ष २०८१÷८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको सो वर्कसपले चालु आवमा एक हजार पाँच सयको हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताउन
बर्दीबास, चैत १ गते । रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति करिब साढे ११ बजेतिर विशेष सूचनाको आधारमा रामगोपालपुर नगरपालिका–८ हरिणमरिण–सहसौला कच्ची सडक खण्डमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।खोजतलासका क्रममा महोत्तरीको पूर्वपश्चिम लोकमार्ग हुदै भारततर्फ तर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शङ्कास्पद अवस्थामा बाटोमा रोकिएको भेटिएको प्रहरीले जनाएको छ । बर्दीबासस्थित लागु औषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्
सिरहा, फाल्गुन २० गते। सिरहा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा भोलि विहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर रहेका ५ सय ३१ मतदान केन्द्रमा डोरी टाँग्ने, मतदान बुथ निर्माण गर्ने लगायतका आवश्यक व्यवस्थापनका कार्य सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गराउन करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने सोही संख्यामा निर्वाचन प्रहरी पनि खटाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चार सयभन्दा बढी स्थानमा सुरक्षा टोलीको उपस्थिति रहने व्यवस्था मिलाइएको
बर्दीबास, मङ्सिर ९ गते । महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प्रहरीका अनुसार आफ्नै बुवाको हत्या गरी फरार रहेका महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर घटनाको तीन महिनापछि पक्राउ परेका हुन् । प्रहरीको खोजी टोलीले ठाकुरलाई नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट गए राति साढे ९ बजेतिर नियन्त्रणमा लिएको हो ।गत भदौ २४ गते घरायसी विवाद तीव्र बनेपछि आवेशमा आएका अजयले ७० वर्षीय बुवा जोगेन्द्र ठाकुरमाथि घरेलु हतियार प्रहार गरेका थिए । गम्भीर घाइते जोगेन्द्रको सोही दिन अपराह्न ४ बजे उपचारका
सिरहा, भदौ, २४ गते । सिरहामा कफ्र्यू आदेशका बाबजुद पनि युवा विद्यार्थी (जीनजी) हरुले आगजनी र तोडफोडमा उत्रिएका छन् । जीनजीको प्रदर्शनी र आजगनी तथा तोडफोडले सिरहा अशान्त बनेका छन् । प्रदर्शनकारीहरुले गोलबजार नगरपालिका, सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका लगायतका एक दर्जन स्थानीय तहका कार्यालयहरुमा तोडफोड गरी सवारी साधनहरुमा आगजनी गरेका छन् भने लहानस्थित मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, कर कार्यालय, डिभिजन वन कार्यालय लगायत सिरहाका सबै जसो सरकारी कार्यालयहरुमा आगजानी तथा तोडफोड गरेका छन् ।ईलाका प्रहरी कार्यालय लहानमा जीनजी समर्थकहरुले आगो लगाउन जाँद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.