दुवई्,माघ ५ गते – पुरातत्वविद्हरुले ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका छन् । अष्ट्रेलियाका पुरातत्वविद्हरुले साउदी अरेवियामा ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका हुन् । वेस्टर्न अष्ट्रेलियाको विश्वविद्यालयका अन्वेषक एवम् पुरातत्वविद्हरुले लामो र फराकिलो अनुसन्धानपछि सो राजमार्ग फेला पारेका हुन् । सो राजमार्ग संरक्षित रुपमा राखिएको प्राचिन चिहानसँग जोडिएको अन्वेषकहरुले बताएका छन् । यसअघि गएको डिसेम्बरमा प्रकाशित एक जर्नलमा अन्वेषकहरुले उत्तर पश्चिमी अरबिया क्षेत्र अल उलामा प्राचीन चिहानहरु फेला पारेको उल्लेख गरेका थिए । हाल भने सो चिहानहरुसँग जोडिएको खयबर क्षेत्रमा करि
सिओल,माघ ३ गते – उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो।उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् ।सोमबार बिहान प्योङ
सिरहा,पुष ३० गते – भारतमा भएको रेल दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । पूर्वि सिमादेखी सय किलोमिटर टाढा जलपाईगुडि जिल्लास्थित मैनागुडी नजिकै बिहिबार साँझ रेल पल्टिदा ९ जनाको मृत्यु भएको हो ।भने गन्तव्यमा हिडिरहेका कयौं व्यक्ति घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त दुर्घटनामा पाँच ओटा डिब्बा पल्टिएको र १२ ओटा डिब्बामा क्षती भएकोले मृतकको संख्या अझै बढ्नसक्ने जानकारी दिईएको छ । राति उद्धारमा समस्या भएकाले अहिले उद्धार जारी छ भने धेरै व्यक्ति च्यापिएकाले उद्धारगर्न कठिनाई भईरहेको जनाईएको छ ।
नयाँ दिल्ली,पुष २९ गते – कोभिड १९ विरुद्ध १२ वटा खोप लगाएको दाबी गर्दै आएका एक भारतीय नागरिकविरुद्ध कारबाही हुने भएको छ । आफूले १२ वटा कोभिड खोप लगाएको दाबी गर्दै आएका भारत विहार राज्यका ब्रह्मादेव मण्डलविरुद्ध कारबाही हुने भएको हो ।भारत सरकारले खोप नियम दुरुपयोग गरेको भन्दै ८४ वर्षीय मण्डलविरुद्ध कारबाही गर्ने बताएको छ । मण्डलले कोभिड १९ विरुद्ध गत वर्ष फेब्रुअरीमा पहिलो खोप लगाएका थिए ।त्यसपछि आफूमा भएका अन्य स्वास्थ्य समस्यामा सुधार आएको भन्दै उनले थप ११ वटा कोरोना खोप लगाएको दाबी गरेका थिए । सो दाबी गरेका उनलाई प्रहरीले पक्राउ गरेको छ भने उनीविरुद्ध सार्वजनिक नियम उल्लंघन गरेको, छलेको र ढा
पिटसवर्ग,पुष २६ गते – दोस्रो विश्व युद्धको समयमा अमेरिकी सैनिकले पठाएको एक पत्र करिब ७६ वर्षपछि प्राप्त भएको छ । अमेरिकी सैनिकले जर्मनीबाट म्यासाचुसेत्समा रहेकी आफ्नी आमालाई पठाएको पत्र करिब ७६ वर्षपछि प्राप्त भएको हो ।दोस्रो विश्व युद्ध अन्त्यको क्रममा २२ वर्षीय आर्मी सर्जेन्ट जोन गोन्साल्भ्सले सन् १९४५ डिसेम्बरमा हुलाकमार्फत आफ्नी आमालाई चिठ्ठी पठाएका थिए । सो चिठ्ठी पिटसवर्गस्थित अमेरिकी हुलाक सेवा कार्यालयमा फेला परेको र बुधबार मात्र आर्मीको परिवारले सो पत्र प्राप्त गरेको डब्ल्युएफएक्सटी टीभीमा रिपोर्ट उल्लेख छ ।सो रिपोर्टअनुसार सो पत्र ७५ वर्षसम्म नखोलिएको बताइएको छ । सो पत्रमार्फत
सिरहा,पुष २५ गते । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड–१९ का संक्रमित अचानक बढ्न थालेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।त्यस्तै, आइतबारसम्म कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा
जम्मु कश्मीर,पुष २१ गते – जम्मु कश्मीरको पलुवामा जिल्लाको चांदगाम इलाकामा सुरक्षाबल र आतंकवादीबीच भएको मुठभेडमा एक आतंकवादीको मृत्यु भएको छ। दुई वा तीन जना आतंकवादी अझै उक्त ठाउँमा लुकेको हुन सक्ने आशंका गरिएको छ। बुधबार बिहान भारतीय सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको थियो। कश्मीर क्षेत्रका सुरक्षाकर्मीले आतंकवादीलाई आत्मसमर्पण गर्न भनेको तर उनीहरुले नमानेर मुठभेड भएको भारतीय सञ्चार माध्यममा समाचार छ।
सिरहा,पुष २० गते – एअर मरिशशका कर्मचारीले विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको समाचार बीबीसी नेपालीमा छ।एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।खउनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्याएका थिए।उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन
लखनउ,पुष २० गते – युपीको सुल्तानपुरमा भारतीय प्रम नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्। खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ। सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्। उनीहरुले गाली
दमास्कस,पुष १३ गते – इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा मंगलबार बिहानै छेप्यास्त्र प्रहार गरेको हो ।इजरायली सेनाको आक्रमणबाट सो क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति भएको स्थानीय मिडियाले जनाएका छन् । स्थानीय मिडिया साना स्टेट न्युजका अनुसार इजरायली सेनाहरुले लतकिया पोर्ट नजिकै छेप्यास्त्र प्रहार गरेका हुन् । सो क्षेप्यास्त्र प्रहारबाट भौतिक रुपमा ठूलो क्षति पुगेको छ । ‘दुस्मनहरुले मंगलबार बिहान ३: २१ तिर लतकिया पोर्टनजिकै रहेको कन्टेनरलाई लक्षित गरि सो क्षेप्यास्त्र प्रहार गरेका
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.