लखनउ,पुष २० गते –  युपीको सुल्तानपुरमा भारतीय प्रम नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्। 

खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ।  सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्। 

उनीहरुले गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिएु, उनले भनिन्, मेरो ड्राइभरको कन्चटमा बन्दुक राखे। मैले उनीहरुलाई एक झापड हानें त्यसिछि उनीहरुले मलाई गोली हाने। गोली मेरो खुट्टामा लाग्यो। नोभेम्बर १६ मा प्रम मोदी पूर्वान्चल एक्सप्रेस(वे लोकार्पण गर्न जिल्लाको कुरेभार स्थित अरवल किरीमा सभा गरिरहेका थिए। सोही समयमा रीताले उनलाई कालो झन्डा देखाएकी थिइन्। प्रहरीले उनलाई पक्रिएर जेलमा राखेको थियो। दुई दिनपछि मात्र उनले जमानत पाएकी थिइन्।   घटना भएको १ महिनासम्म उनी समाजवादी पार्टीमा थिइन् । सम्मान नपाएको भन्दै डिसेम्बर १७ मा लखनउ कांग्रेसमा प्रवेश गरिन्