X Sharama Funecure

सूचना प्रविधि

    Showing ४१-५० of ५५ items.
  • युट्युब च्यानल अब दर्ता गर्नुपर्ने, शुल्क पाँच लाख

    काठमाडौं,फागुन २३ गते –  सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो। युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया चाहिने र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १७६ पटक पढिएको
  • न्यूनतम् शुल्कमा गुणस्तरीय शिक्षा

             सिरहा,फाल्गुन २० गते ।  दक्ष एवम् गुणस्तरीयता सहितको सिभिल ईन्जिनियरिंग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको शिक्षा अब मनमोहन प्राविधिक विश्वविद्यालयले दिने भएको छ । विश्वविद्यालयद्वारा सिरहाको लहानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक नं. प्रदेश सरकारद्वारा नेपालकै पहिलो विश्वविद्यालयको सम्बन्धन पाएका मनमोहन प्राविधिक विश्व विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यसहित यसपल्ट सिभिल ईन्जिनियरिंगमा २४ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको लागि २४ सीटमा भर्ना खोलिएको हो । युवाहरुलाई प्राविधिक शिक्षा

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • २१२ पटक पढिएको
  • चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

    काठमाडौं,फागुन १० गते –  प्रहरीले लुकिछिपी बस्दै आएका चिनियाँ नागरिकसहित ३७ जनालाई मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुलाई नयाँ बानेश्वर वृतमा राखिएको छ। उनीहरु कल बाइपासमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २८८ पटक पढिएको
  • प्राधिकरणले पाएन रेडियो फ्रिक्वेन्सी

    काठमाडौँ, माघ १९ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत लाइसेन्सको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पठाए पनि अनुमति पत्र पाउन सकेको छैन ।प्राधिकरणले काठमाडौँ दुई वितरण केन्द्र रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमातहत ९२ हजार ग्राहकलाई स्मार्ट मिटर जडान कार्य थालनी गरेसँगै प्रस्ताव पठाएको थियो । स्मार्ट मिटर जडानको काम सम्पन्न भइसकेको छ तर रेडियो फ्रिक्वेन्सी सञ्चालनको अनुमति भन

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३४ पटक पढिएको
  • सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य

    सिरहा,पुष २७ गते – सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्नरनगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृ

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १७६ पटक पढिएको
  • विद्यालयमा मनपरी उपभोक्ता समिति गठन

    सप्तरी,मंसिर २८ गते । सप्तरीको महादेव गाउँपालिका १ स्थित दुई विद्यालयमा भवन निर्माण गर्नका लागि मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषबाट निर्माण गर्न लागेको विद्यालको भवन निर्माणमा मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको उनीहरुले आरोप लगाएका हुन् ।नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा ८० लाखको ४ कोठे भवन निर्माण उपभोक्ता समितिको सूचना स्थानीय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नातागोता पार्टीका कार्यकर्तालगायतलाई राखेर बनाउने गरि

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १८२ पटक पढिएको
  • मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

    सिरहा,मंसिर २६ गते – हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ रु भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ।  एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ। तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो। त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन। हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै न

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • २५७ पटक पढिएको
  • सूचना प्रवाह छिटो छरितो बनाउन आग्रह

    सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई  राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ ।  आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि,  कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो ।  सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्र

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • २५७ पटक पढिएको
  • सूचना दिन आलटाल गरेका ३० जना प्रमुखमाथि कारवाही

    सिरहा,मंसिर १४ गते – सूचना दिन आलटाल गरेका देशभरका ३० जना कार्यालय प्रमुखमाथि कारवाही गरिएको छ ।राष्ट्रिय सूचना आयोगले जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार आयोजना गरेको सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा सूचना आयुक्त रत्नप्रसाद मैनालीले सो कुराको जानकारी गराएका हुन् । उनले सूचनाको हक सम्बन्धि ऐनलाई टेकेर कुनै पनि सार्वजनिक निकायमा सूचना माग्न जांदा तोक लगाउनु पर्ने कुनै बाध्यता नरहेको बताए । सूचना अधिकारीले निर्धारित समयमै सूचना दिनु पर्ने अन्यथा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखमाथि कारवाही गरिने चेतावनी समेत उनले दिए ।, ‘सूचनाको लागि दिइएको निवेदनमा कार्यालय प्रमुखको तोक लगाउनु कु

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १८९ पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारी

    सिरहा,मंसिर ७ गते – सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवासुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १५८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२