सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई  राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ । 

आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि,  कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो । 

vlcsnap-2021-12-02-17h28m43s717

सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्रमुख मैनालीले आग्रह गर्नुभयो । 

सूचना माग गर्दा समयमै सूचना नदिएको आरोपमा राष्ट्रिय सूचना आयोगमा सिरहाबाट दश वटा उजुरी परी सकिएकोले सो संख्याहरु बढ्न नदिन सबै सार्वजनिक निकाय यसतर्फ चनाखो हुन जरुरी रहेको आयोजकले उल्लेख गरेका छन् ।

धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले नगरपालिकाका सबै सूचनाहरु प्रत्येक महिनाको अन्तिम साता वेभ साइडमा राख्ने गरेकाले नगरपालिकाको सूचना सम्बन्धी समस्या नभएको वताउनुभयो ।

त्यसबेला सहभागीहरुले सूचना माग गर्दा झन्झटिलो मानिने, आधा सूचना मात्रै दिने जस्ता समस्या स्थानीय तह लगायत सार्वजनिक निकायमा रहेको गुनासो गरेका थिए ।