X Sharama Funecure

स्थानिय

    Showing ६११-६२० of १,३१५ items.
  • शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

    नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।सिरहा,बैशाख १ गते । आजबाट हामीले वि.सं२०७८ लाई विदाई गर्दै नयाँ संवत् २०७९ लाई स्वागत गरेका छौँ । अर्थात् आज नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।विगतको वर्ष कोरोना महामारीका कारण आक्रान्त बन्यो । राजनीतिक उथलपुथलले अशान्त बन्यो । देशमा पछिल्लो समय देखिएको आर्थिक संकटको अवस्थाले नैराश्यता सिर्जना गरेको छ । समग्रमा भन्दा गएको वर्ष २०७८ नेपाल र नेपालीका लाग

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • २७९ पटक पढिएको
  • पाँच लाख घुससहित मालपोत प्रमुख झा पक्राउ

    जनकपुर,चैत २८ गते । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झालाई ५ लाख नगद रुपैयाँ घुस सहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले प्रमुख झालाई आज बिहान जनकपुरको भानुचोकबाट पाँच लाख घुस रकम सहित नियन्त्रणमा लिएको हो ।प्रमुख झाले जग्गाको हकछाप सम्वन्धि मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । पक्राउ परेका झा माथि  थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १६९ पटक पढिएको
  • महोत्तरीमा ९३ केजी गाजासहित एक जना पक्राउ

    महोत्तरी,चैत २८ गते । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति  धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो । छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १६२ पटक पढिएको
  • चट्याङ लागेर एकको मृत्यु

    झापा,चैत २८ गते । झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर  स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापाको मृत्यु भएको छ। घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ। झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो। शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ।वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी, वीरे राजवंशी, पवन राजवंशी लगायतको फुसको घर हावाले उडाएको हो। पवन राजवंशीका अनुसार अन्नपात भिजेर नष्ट भएको छ। यता कन्काई

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १५२ पटक पढिएको
  • नागरिकको व्यक्तिगत निगरानी गर्ने कानुनको तयारी

    सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट बाहिरिने सूचनाले राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै अभिव्यक्ति अधिकार सैनिक नियन्त्रणमा लग्ने गृहकार्यअहिले ‘डिजिटल प्लेटफर्म’ दुरूपयोग नियन्त्रणमा देखिने गरी सैनिक संरचनालाई प्रयोग गरिएको छैनकाठमाडौँ — सरकारले राष्ट्रिय सुरक्षालाई बलियो बनाउने नाममा नागरिकका वैयक्तिक गोपनीयतामाथि सैनिक संयन्त्रबाट निगरानी गर्ने गरी साइबर सुरक्षा र साइबर अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी कानुन ल्याउन गृहकार्य अघि बढाएको छ । कानुनी व्यवस्थाबिनै इजरायलबाट नागरिकका फोन तथा सामाजिक सञ्जाल ट्यापिङ गर्न उपकरण भित्र्याएको सरकारले सैनिक गुप्तचरलाई तथा डिजिटल सामग्रीको नियमन र नियन्

    • प्रकाशित मितिः चैत २७, २०७८
    • २२६ पटक पढिएको
  • एकै दिन २५ सय पर्यटक नेपाल भित्रिए

    काठमाडौं, चैत २७ गते । शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि यो संख्या सबैभन्दा धेरै हो ।विगत महिनाहरुमा भन्दा मार्च महिनामा समेत पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको र शनिबारको तथ्याङ्कले कोभिड–१९ महामारीले सुस्ताएको नेपालको पर्यटन क्षेत्र बिस्तारै पुरानै गतिमा जान थालेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।यो मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा १८०।४७ प्रतिशतले वृद

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १३९ पटक पढिएको
  • परीक्षा केन्द्र व्यवस्थापनमा विभेद गरिएको भन्दै आन्दोलित

    जनकपुरधाम,चैत २७ गते । सिटिईभीटीद्वारा सञ्चालित डिप्लोमा ईन्जिनियरिंगका विद्यार्थीहरुले परीक्षा केन्द्र व्यवस्थापनमा विभेद गरिएको भन्दै आन्दोलित भएका छन् ।आन्दोलित विद्यार्थीहरुले शनिबार दिउँसो जनकपुरधामको रामानन्द चोकमा चक्का जाम गरेका छन् । विद्यार्थीहरुले देशभरिको अन्य ६ वटा प्रदेशमा होम सेन्टर राखिएको र मधेश प्रदेशमा सेन्टरमा परिवर्तन गरेर विभेद गरेकोमा सिटिईभीटी विरुद्ध चर्को नाराबाजी गर्दै एक घण्टा सम्म चक्का जाम गरेका थिए । कोरोना र बन्दाबन्दीको कारण तीन वर्षको डिप्लोमाको कोर्ष लम्बिएर पाँच वर्ष हुन लाग्दा पनि समयमा परीक्षा नहुनु ,परिक्षाको व्यवस्थापनमा पनि विभेद गरिनु जस्ता समस्याको का

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १४८ पटक पढिएको
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    सिरहा,चैत २७ गते । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।चुलाचुली गाउँपालिका(३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो। प्रहरीका अनुसार उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको थियो। 

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १७७ पटक पढिएको
  • धनुषामा चैते धानको उत्पादन क्षेत्र बढ्दै

    ढल्केवर, चैत २६ गते । धनुषामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको छ । सिँचाइको उपयुक्त व्यवस्था तथा अनुदानमा धानको बीउ उपलब्ध गराएपछि जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको हो ।चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । फागुन महिनाको अन्तिम सातादेखि रोपाइँ सुरु गर्नुभएको यहाँका किसानले चैत महिनाको तेस्रो सातामै चैते धान रोपाइँ सम्पन्न गर्नुभएको छ ।रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कील

    • प्रकाशित मितिः चैत २६, २०७८
    • १८० पटक पढिएको
  • नागरिकता विहिनताको अवस्था मानव अधिकारको लागी ठुलो चुनौती

    जनकपुरधाम, चैत्र २५ गते। मधेश प्रदेशमा लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत बंचित हुनु राज्यको लागी ठुलो चुनौती रहेको बताउनु भयो ।उहाँले भन्नु,‘ नागरिकता विहिनताको अवस्थाले उनिहरु समान्य मानवअधिकारबाट समेत बंचित भएकाछन । शिक्षा र स्वाथ्यमा समेत पहुँच पाउन सकेका छैन, यो भ

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २१३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२