पर्सा,वैशाख २४ । प्रधानमन्त्री कृषी परियोजनाअन्तरगतपर्साको पर्सागढी नगरपलिकामातिनदिने बाख्रापालन स्तलगत तालिम सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारको सहकार्यमा भेटेनरी अस्पताल तथापशुसेवा विज्ञकेन्द्र पर्साद्धारा पर्सागढी नगरपलिका वडा नं ३ र ४का १६ वटा बाख्रा समुहमध्ये छनौटमा परेका बाख्रापालन गर्ने किसानहरुकालागी तिनदिने तालिम सम्पन्नभएको हो ।
प्रधानमन्त्री कृषी परियोजना बलकविकास कार्यक्रमगत अ.व. २०७७÷०७८ मा ३० लाखको अनुदानले सुरु भएको थियो उक्त कार्यक्रमलाई निरन्तरतादिदै चालु आ.व. २०७८÷०७९ मा नयाँ किसानहरुकालागी तालिम सँचालन गरीएको भेटेनरी अस्पताल तथापशुसेवा विज्ञकेन्द्र पर्साका कार्यालय प्रमुख रामकिशोर साहले जनाउनु भयो । उन्नतप्रविधीले व्यवसायीक रुपमा पशुपालन गर्ने उदेश्यले तालिमको आयोजना गरीको साहले उल्लेख गरे । यो तालिम लिसके पश्चात किसानहरुले बाख्रापालन गरी आफनो आयआर्जनमा सुधारल्यउन सकने वहाले बताउनु भयो ।
तालिममा खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाहगर्ने तरिका, बिरामीबाख्राको हेरचाहा कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसीबनाउने तरिका, लगायतका विषयमा तालिम प्राप्तगरी यसरीनै बाख्रापालनगर्ने किसानहरुले बताए ।
यस्तै कृषीअधुनिकीरणको थपतालिमप्रदानगर्न मधेश प्रदेश सरकारसंग किसानहरुले आग्रहगरेकाछन । प्रधानमन्त्री कृषी परियोजनाबलकविकास कार्यक्रमबाट मधेश प्रदेशको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले दिने अनुदान गतवर्ष आफुले नपाएको किसानहरुले बताएका छन ।
बाख्रापाल नगर्ने अर्को किसानको भने गतवर्ष अनुदानको नाममा समुहका अध्यक्षले सातसय रुपैयामात्रदिएको बताउनु भयो । कृषिलाई आधुनिकी करण र यूवालाई आफनै देशमा रोजगरी सृजनागर्न सुरु गरीएको प्रधानमन्त्री कृषी परियोजना प्रदेश सरकारले पहिलो प्रथमिक्तामा राखी तिब्ररुपमा काम गरेको छ । तर किसानले पाएको अनुदान सहजतरिकाले पाएको छ कि छैन भन्ने कुराको अनुगमन हुन अतिअवस्यक देखिन्छ ।




















