अनुभक्त चौधरी,सिरहा,बैशाख २८ गते । सिरहाको धनगढीमा नगरपालीका वडा नं.६ मा नेकपा एमाले पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको छ । नेकपा एमालेबाट पूर्व गा.वि.स.अध्यक्ष समेत भइसकेका रामस्वरुप चौधरीले पार्टीले वेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जनाउनुभयो । उहाँ कोर्डिनेशन कमिटीबाटै काम गर्दै आएका वामपन्थी चीर परिचित नेता हुनुहुन्छ ।

vlcsnap-2022-05-11-18h02m43s701

आयोजित पार्टी प्रवेश कार्यक्रममा भूपू गाविस अध्यक्ष रामस्वरुप चौधरी, भरत चौधरी, जोगिन्द्र महतो, राम भरोसी राय, महादेव ठाकुर हिरालाल दास, रामदयाल राम, अरुण चौधरी, महिनारायण चौधरी, कामेश्वर चौधरी, देवन महतो, राजकुमार महतो, रामकुमार महतो,मनमैत देवी चौधरी, मंजिला चौधरी, अरुण चौधरी, महिनारायण चौधरी, वेचनीदेवी थरुनी लगायत दर्जनौ कार्यकर्तालाई माओवादी केन्द्रका मधेश प्रदेश सह इन्चार्ज तथा केन्द्र्रीय सदस्य विश्वनाथले फुल, माला र अविर लगाई पार्टी प्रवेश गराएका हुन ।

vlcsnap-2022-05-11-16h54m43s137

पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि विश्वनाथ साहले धनगढीमाई नगरपालिकामा माओवादीमय भइरहेको बेला नेकपा एमालेबाट पूर्व गा.वि.स.अध्यक्ष समेत भइसकेका रामस्वरुप चौधरी लगायतका नेता कार्यकर्ताको पार्टी प्रवेशले नगरपालिकाका सबै वडामा जित सुनिश्चित गर्न सहयोग पुगेको वताउनुभयो । 

vlcsnap-2022-05-11-18h01m17s674

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका निर्वतमान नगर प्रमुख एवम् नगरपालिकाका मेयरका उम्मेद्वार हरिनारायण चौधरीले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नुहुँदै रामस्वरुप चौधरी लगायतका वामपन्थी नेता कार्यकर्ताको पार्टी प्रवेशले नेकपा माओवादी केन्द्र थप बलियो भएको उल्लेख गर्नुभयो । 

बोधराज चौधरीको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको संचालन आशा चौधरीले गर्नुभएको थियो । 

vlcsnap-2022-05-11-18h01m31s024

vlcsnap-2022-05-11-18h01m48s713

vlcsnap-2022-05-11-18h00m45s655

vlcsnap-2022-05-11-17h57m36s191