X wada

स्थानिय

    Showing १,००१-१,०१० of १,३२३ items.
  • ज्येष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

    महोत्तरी,पुष २१ गते –  बैंकले समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध नगराएको भन्दै ज्येष्ठ नागरिकले गौशाला नगरपालिकाको ११ नं. वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मंगलबार दिउँसो समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध हुनुपर्ने माग गर्दै उनीहरुले कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन्। त्रैमाशिक रुपमा पाउनुपर्ने भत्ता पछिल्लोपटक ६ महिना बित्दासमेत नपाएको ७८ वर्षीय रामनारायण महतोले बताए। भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे। आफ्नो खातामा पैसा नहुँदा बैंकबाट खाली हात फर्किनुपरेको उनले बताए। उनीहरुको पैसा खातामा राख्न प्रक्रियागत रुपमा बैंकलाई कागजात पठाएको तर बैंकल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४५ पटक पढिएको
  • स्वास्थ्य चौकीमा तालाबन्दी

    सिरहा,पुष २१ गते – धनुषाको लक्ष्मिनियां गाउंपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ ।शाखामा कार्यरत कर्मचारी मनोहर यादवको सरुवा गरेको निहुँमा तालाबन्दी गरिएको हो । पालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तेज कुमार यादवको नातामा पर्ने मनोहर यादवलाई सरुवा गरिएकै निहुँमा तालाबन्दी गरिएको गापा स्रोतले जनाएको छ । वडाअध्यक्ष नातेदार भएपछि मनोमानी तरिकाले पटक–पटक अनुशासनहीन काम गर्दै विवादित बन्दै आएका मनोहरलाई गापाले केही दिन अगाडि स्वास्थ्य चौकी सपहीमा सरुवा गरिएकोमा आपत्ति जनाउंदै वडाअध्यक्षकै नेतृत्वमा मंगलबार तालाबन्दी गरिएको छ । यता वडाअध्यक्ष यादवले स्वास्थ्य चौकीमा भएको आर्थिक क्रियाकलापबारे

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १९९ पटक पढिएको
  • चिसो छल्न दाउरा बाढ्दै

    सिरहा,पुस२१ गते । दलित विपन्न परिवारहरुमा केही दिन यता शीतलहर सँगै  बढेको चिसोको कारण सर्वसाधरणको जनजीवन कष्टकर हुन थालेपछि  डिभिजन वन कार्यालय लहान, सिरहाले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेका छन् ।शीतलहर संगै चिसो हावा सहित जाडो बढेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले पालिकाको मागको आधारमा दाउरा दिने कार्यको थालनी गरेको छ । हाल सम्म सिरहाका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका र बिष्णुपुर गाउँपालिकामा  निःशुल्क रुपमा दाउरा उपलब्ध गराएको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो ।दासका अनुसार हालसम्म लहान नगरपालिकामा ३ गाडी, धनगढीमाई नगरपालिकामा ३ गा

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ३०८ पटक पढिएको
  • लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी हुँ भन्दै ठगि गर्ने मानिस पक्राउ

    सिरहा,पुष  २० गते – आफुलाई लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै विभिन्न नक्कली कागजातहरु देखाई स्थानीय मानिसहरुसंग ठगी गर्ने एक जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ का सागर कान्त चौधरीलाई धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरेको हो । चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १५० पटक पढिएको
  • हराइरहेका पुरुष पोखरीमा मृत भेटिए

    सिरहा,पुष २० गते – महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।  उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन्  । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ 

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १६५ पटक पढिएको
  • कांग्रेस नेताको आरोप(प्रहरी एसपीले मलाई गोली हान्ने धम्की दिएु

    सिरहा,पुष २० गते — कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका छन् । यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १स्२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका छन् । ‘गालीगलौज गर्दै तिमीले सरुवा गरायौ, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १५२ पटक पढिएको
  • अस्पतालमा बिरामी न्यून

    जलेश्वर,पुष २० गते – महोत्तरी जिल्ला अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या न्यून भएको छ ।अस्पतालको मुख्य ढोकाबाटै बसेर केही व्यक्तिहरुले बिरामीलाई हेरेर ‘ बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि सो अवस्थाको सृजना भएको हो । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि सोही कारण उपचारकालागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या न्यून भएको छ । स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको स्थानीयवासीहरुको गुनासो छ । जिल्ला उद्योग वाणिज

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १७५ पटक पढिएको
  • निर्माणकार्यमा अनिमियतता भएको स्थानियको आरोप

    सिरहा,पुष २० गते – सिरहाको अर्नामा गाउँपालिका वडा नं २ मा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ । वडाको मैनावति खोलामा भएको पक्की पुल निर्माण, झोलुंगे पुल निर्माण,सरकारी गाडीको चरम दुरुपयोग,स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको स्थानियको आरोप रहेको छ । यसै सन्दर्भमा समन्धित वडाका एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका छन । यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णा नन्द सिंहले भने हामी सरकारी कर्मचारी हौ जनताको करबाट सेवा सुविधा पाई रहेका छौ, अर्को विकासको हरेक कुरा जनताले बुझन पाउने वहाँको अधिकार हो । जहाँ सम्म अ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १९१ पटक पढिएको
  • विद्यार्थीहरु आन्दोलित

    सिरहा,पुष १९ गते – सर्लाहीको क्याम्पस मलंगवाका विद्यार्थीहरु आन्दोलित भएका छन् ।पहिलादेखि सर्लाही क्याम्पस मलंगवामा कायम गरिएको स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र बिना कुनै अग्रिम सूचनाको परीक्षा आउन एकदिन मात्र बाँकी रहँदा टि।यु परिक्षा नियन्त्रन कर्यालयले बरहथवा स्थित बहुमुखि क्यम्पसमा सारेको भन्दै आपत्ती जनाउँदै सो क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । परीक्षाको मुखैमा आएर एक्कासी परीक्षा केन्द्र सारिएको भन्दै आक्रोशित विद्यार्थीहरु आइतवारदेखि नै आन्दोलनमा उत्रिएरका छन्।आइतवार बिहानैदेखि उनीहरू क्याम्पस अगाडि नवलपुर९मलंगवा सडकखण्डमा टायर बालेर नाराबाजी सहित व

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १५४ पटक पढिएको
  • राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय

    सिरहा,पुष १९ गते – राजविराजमा स्थापना भएको प्रदेश २ कृषि विश्वविद्यालयका लागि जग्गाको टुङ्गो लागेको छ ।     राजविराज नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले वडा नं. १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि छबिस विगहा ८ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो ।  साविकको विषहरिया गाविस ५ ख हाल राजविराज नगरपालिका वडा नं। १३ मा नेपाल सरकारको नाउँको नगरपालिका अधिन्सत रेखदेख नियन्त्रण संरक्षणमा रहेको कित्ता नं. १ को २९–२–१८ मध्येबाट २६–८–१८ क्षेत्रफलको जग्गा कृषि विश्वविद्यालयका लागि ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको हो ।   राजविराज नगरपालिकाका प्रमुख शम्भु प

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १५४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२