सिरहा,पुस २३ गते ।  प्रदेश नं.२ का मुख्यमन्त्रीलालबाबु राउतले क्यान्सर रोगीलाई प्रदेश सरकारबाट दिंदै आएको सहयोगमाथप गर्ने घोषणा गर्नुभएको छ ।

आज सिरहाको धनगढीमाई नगरपालिकाको वाटिका टुरिजममा आयोजित नेपाल अर्बुद्घ रोग निवारण संस्थाको ३१ आंै वार्षिक साधारण सभामा बोल्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट जनही एक लाख रुपैयाँदिंदै आएको बताउनुहुँदै अबका त्यस्ता रोगीहरुको लागि मासिक रुपमा करिव पाँचहजार दिने आश्वासन दिनुभयो ।

5

विशेषतः खैनी, गुट, चुरोट, धु्रमपान लगायतको सेवनबाट हुने रोग भएकाले सार्वजनिक स्थलमायी यस्ता सामानहरु बिक्रीवितरण गर्नमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशनगर्दै मुख्यमन्त्री राउतले मनकारी संस्था अर्बुध रोग निवारण संस्थालाईप्रदेश सरकारबाट यथाशक्य सहयोग गर्ने वताउनुभयो । 

3

सिरहाको लहाननगरपालिकामा रहेका अर्बुद रोग निवारण संस्थाले साताको प्रत्येक दिनक्यान्सर रोगीको लागिशिविर संचालनगर्दै आएको छ । वार्षिक साधारण सभामा सात वटै प्रदेशका पाँच पाँच जना प्रतिनिधिहरु सहभागी रहेको उक्त सभा भोलि सम्म चल्ने आयोजकले जनाएको छ ।

7261