सिरहा,पुस २२ गते ।स्थानिय तहहको निर्वाचनको तयारी गरिरहदा सिरहा जिल्लामाा २९ हजार २ सय ७८ जना नायाँ मत दता थपिएको छ ।
१७ वटा स्थानिय तहमा जिल्ला निर्वाचन कार्यालय सिरहाले संचालन गरेको मंसिर १७ देखि पुस १८ सम्ममा पालिकाहरुबाट २२ हजार ८ सय ३६ र कार्यलय बाट ६ हजार ४ सय ४२ जना गरी जिल्लामाा २९ हजार २ सय ७८ जना नायाँ मत दता थपिएको हो ।
२०७४ सालको निर्वाचनको क्रममा सिरहा जिल्लामा ३ लाख ३२ हजार ८ सय ९४ जना मतदाता थिए । २०७४ को निर्वाचन पछि पनि निरन्तर मतदाता नामावली संकलन हुँदै आएपनि निर्वाचन कार्यालयले १ महिनाको विशेष अभियान चलाएको थियो । जिल्ला निर्वाचन कार्यालय सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहाबाट अझै मतदाता नामावली संकलन कार्य भईरहेको प्रमुख यादवले बताइन् । सिरहा जिल्ला बाहिरका ६ जनाले सिरहाबाट नामावली दर्ता गराएका छन
निर्वाचन अधिकारी यादवले हालसम्म २ लाख १७ हजार ४ सय २१ पुरुष, १ लाख ९ हजार ५ सय ४ जना महिला र ३ जना तेस्रोलिङ्गि गरी ४ लाख ६ हजार ९ सय ७२ जना मतदाता नामावलीमा समावेश भएको बताएकी छिन् ।




















