X wada

समाज

    Showing ८११-८२० of १,४५१ items.
  • आँखा शल्यक्रिया शिविर

    पर्सा,फागुन २५ गते – पर्साको जगरनाथपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविरआयोजना गरिएको छ ।‘नेत्रदान जीवनदान’ नाराका साथ आयोजना गरिएको सो शिविरमा नेपाल र भारतका १ सय ३४ जना ज्येष्ठ नागरिकहरुको आँखाको उपचार गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउंपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको छ । उपचार गराएका मध्ये मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।शिविरमा भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार को दिन १सय ३४ जना को आँखा को शल्यक्रिया गरेकी छिन् । शिविर बुधबार सम्म शिवि

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १४२ पटक पढिएको
  • मह उत्पादन

    तुलसीपुर,फागुन  २५ गते – कात्तिक मङ्सिरमा मह उत्पादन कम भएर मर्कामा परेका किसानलाई यस पटकको फागुने तोरीले भने राहत दिएको छ । यो वर्ष पानी धेरै परेकाले यहाँ तोरी बाली फस्टाएको छ । यस क्षेत्रका अधिकांश किसानले तोरी खेती गरेकाले मह उत्पादन वृद्वि भएको हो ।दुई दशकदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–७ का किसान चेतमान भण्डारीले अघिल्लो वर्षको तुलनामा यो वर्ष मह उत्पादन दोब्बर हुने बताउनुभयो । यो वर्ष फागुनको तेस्रो सातासम्म प्रतिघार ४० केजी मह उत्पादन भइसकेको छ । अझै तोरीबाटै एक पटक र चैत वैशाखमा महिनामा चिउरी, रुदिलोबाट एकपटक मह काढ्न सकिने भण्डारीले बताउनुभयो, उहाँसँग

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १९७ पटक पढिएको
  • ऋण तिर्न नसकेपछि विष सेवन

    काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । त्यसमा उल्लेख भएअनुसार घटनामा आर्थिक कारण जोडिएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले घटनास्थलबाट ‘सुसाइड नोट’ फेला पारेको हो ।एकको मृत्यु, चार गम्भीरआर्थिक लेनदेन कारण रहेको ‘सुसाइड नोट’ भेटियोसो सुसाइड नोटमा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १२५ पटक पढिएको
  • सिरहा:काँग्रेस सभापतिमा रामचन्द्र विजयी

    सिरहा– नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनको निर्वाचन परिणामबाट रामचन्द्र यादव पुनः ५ सय ३९ मतान्तरले सभापति निर्वाचित भएका छन् । मतदानकै क्रममा धाँदली भएको भन्दै सोमबार बेलुका निर्वाचन बहिस्कार गरेका अर्का सभापतिका उम्मेदवार रामसुन्दर चौधरी पक्ष मतगणणास्थलमा नआईपुगेपछि मंगलबार १२ बजेबाट सुरुभएको मतगणणाको परिणाम अनुसार रामचन्द्र यादव १ एहजार ४ सय २६ मत ल्याएर विजयी भएको हो ।यादवका प्रतिस्पर्धि रामसुन्दर चौधरीले ८ सय ८७ मत प्राप्त गरेको जनाएको छ । जम्मा २ हजार ६ सय ५० मत मध्येत २ हजार ४ सय ७६ मत खसेको बताइएको छ ।निर्वाचन अधिकृत लामासँग बदर र सदर मतको विषयमा बुझ्न पटक पटक सम्पर्क गर्दापनि उनी

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १२९ पटक पढिएको
  • महिलाहरुकोे मुद्दा स्थापित गर्ने पार्टी माओवादी होः नेता चौधरी

    सिरहा,२४ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ख हरिनारायण चौधरीले माओवादी केन्द्रकै कारणले महिलाहरुको हक अधिकार र पहिचानको मुद्दा कायम भई स्थापित भएको वताउनुभएको छ । आज मंगलबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं ९.स्थित नव निर्मित कभर्ड हलमा अनेम संघ (क्रान्तिकारी) नगर समिति धनगढीद्वारा आयोजित ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुख चौधरीले माओवादी केन्द्र एक मात्र पार्टी हो जसले महिलाहरुको हक हितको लागि बोल्दछ, त्यसैले पनि अधिकार सुनिश्चितताको लागि महिलाहरुले संगठित रुपमा अगामी निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडा

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • २४२ पटक पढिएको
  • झोल युरिया मल ल्याउन अनुमति

    काठमाडौं, फागुन २४ गते –  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ ।यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ ।राजपत्रमा उल्लेख भएबमोजिम हालसम्म नेपालमा ५२ प

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६९ पटक पढिएको
  • सुमो र मोटरसाइकल ठोक्कियो, बालकसहित दुईजनाको मृत्यु

    महोत्तरी,फागुन २४ गते – महोत्तरीमा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा सवार गौशाला नगरपालिका–२ निगौलका २२ वर्षीय संजित मण्डल र सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए। सोमबार बेलुका गौशाला–सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित सुमो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।गौशालाबाट जलेश्वरतर्फ जाँदै गरेको प्र.२—०२—००१च ८४१नम्बरको सुमो गोल्ड जीप र विपरीत दिशाबाट आउँदै गरेको अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना दुवै जना गम्भीर

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १९४ पटक पढिएको
  • ४५ लाखमा राम जानकी सामुदायीक भवन

    अनुभक्त चौधरी,सिरहा,फाल्गुन २४ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र नरगी टोलमा मधेश प्रदेस सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाखको लागतमा राम जानकी सामुदायिक भवन निर्माण भएको छ ।  रामजानकी मन्दिरको नाममा रहेको डेढ कठ्ठा जग्गामा बनेको दुई तल्ले भवन विशेषतः विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा सार्वजनिक कामको लागि निर्माण गरिएका हुन् । भवनको पहिलो तल्लामा ठूलो हल रहेको छ भने माथिल्लो तल्लामा विश्राम स्थलको लागि ४ वटा ठूलठूला कोठासँगै आवश्यक संरचनाहरु निर्माण भएका छन् । बहुसंख्यक दलित एवम् विपन्न परिवार मुसहर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा सामुदायिक भवन बनेपछि उक्त समुदायका

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६२ पटक पढिएको
  • मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

    बारा,फागुन २४ गते –वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् ।जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र। ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १२९ पटक पढिएको
  • भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

    सिरहा,फाल्गुन २४ गते । । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो ।घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन ।टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक ९एसपी० शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२