सल्यान,फागुन २६ गते –   छत्रेश्वरी गाउँपालिका(३ झिम्पे बस्ने १९ वर्षीय माधव पुनलाई १ थान भरुवा बन्दुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २७ वर्षीय लोक बहादुर पुन र माधव पुन भरुवा बन्दुक लिई सिकार खेल्न जाने क्रममा घर नजिकै लोक बहादुरले माधवलाई बन्दुक समात्न दिएकोमा उक्त बन्दुक पड्किन गई लोकबहादुर घाइते भएको भन्ने खबर प्राप्तहुनासाथ अस्थायी प्रहरी पोष्ट पोखरीडाँडा र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले माधवलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घाइते लोकबहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

 बराहक्षेत्र नगपालिका(७ बुद्धचोकबाट १ थान भरुवा बन्दुक बुधबार राति प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने ३० वर्षीय जुद्धबहादुर तामाङले मादक पदार्थ सेवन गरी हो(हल्ला गरी उनकै घर अगाडि भरुवा बन्दुक पड्काई भाग्ने क्रममा आफै लडेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । घाइते जुद्ध बहादुरको स्थानीय नगर अस्पताल चक्रघट्टी हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । 

       यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ