X Sharama Funecure

समाज

    Showing ४३१-४४० of १,४४० items.
  • सर्लाहीमा तापक्रम नौ डिग्री सेल्सियसमा झरे जनजीवन कष्टकर

    सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११ र १२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो । सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महशुस गरे । कठ्याङग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिए

    • प्रकाशित मितिः पुस १३, २०७९
    • १३८ पटक पढिएको
  • धनुषा : फिरौती माग्ने चन्हा खजुरीका मण्डल पक्राउ

    धनुषा, पुस १२ गते । मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेका छन् । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीलले रोशन कन्सट्रक्सनमा काम गर्ने राज कुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेका अनुसन्धान अधिकृत उमाशंकर साहले जनाएका छन् ।निरिक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिदैँ आएको थियो ।मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे छ । भने थप अनुसन्धानका लागि मण्डललाई धनुषा जिल्ला प्रहरी क

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ११७ पटक पढिएको
  • एक वर्षमा १० जनाको हत्या, ४० जनामा यौनदुर्व्यवहार

    महोत्तरी,पुस १२ गते । महोत्तरीमा पछिल्लो वर्ष अपराधजन्य क्रियाकलापमा वृद्धि भएको पाइएको छ। एक तथ्यांकअनुसार  २०७८ मा बलात्कार,बलात्कार प्रयास र यौनदुर्व्यहारका ४० र १० जनाको हत्या भएको तथ्यांक सार्वनजिक भएको छ।महोत्तरीको जलेश्वरमा सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमकाबीच सो तथ्यांक सार्वजानिक गरिएको हो । इन्सेक महोत्तरीका जिल्ला प्रतिनिधि अजयकुमार साहले जिल्लाभरिमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अभिलेख गरेका घटनाहरूको प्रस्तुत गरेका थिए । सार्वजनिक गरिएको तथ्यांकअनुसार परिव

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १३२ पटक पढिएको
  • लाखौको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

    रौतहट,पुस ११ गते । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो ।भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्री र सेवन निषेध गरिएको छ । सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गरिन्छ ।रौतहटको राजदेवी नगरपालिका(९

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १६६ पटक पढिएको
  • समसीमा कुटाइबाट ३० वर्षीय अन्सारीको मृत्यु

    महोत्तरी,पुस ११ दगते । पसलेको कुटाइबाट एक मजदुरको मृत्यु भएको छ । जिल्लाको समसी २ पर्सादेवाडका ३० वर्षीय मो खुर्सेद अन्सारीको निर्घात कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरस्थित जानकी हेल्थ केयरमा उहाँको उपचार भएको थियो । उहाँलाई पर्सादेवाडकै ३० वर्षीय किराना पसले असलम भन्ने अवदुस सलामले चरम यातना दिएका थिए । अन्सारी  केही दिनदेखि सोही पसलमा काम गर्दै आउनुभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्थानीयका अनुसार घटना पुस ६ गते अपराह्न साढे ३ बजेतिरको हो । सलामले अकस्मात् लात्ती, घुसा र उखुको लाथ्राले अन्सारीलाई यातना दिन थालेपछि उहाँ बिरामी परेर उपचारमा हुन

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १२४ पटक पढिएको
  • बाराबाट नक्कली नोट कारोवारमा संलग्न ३ जना पक्राउ

    बारा,पुस १० गते ।  बारा जिल्लाको आर्दश कोतवाल गाउपालिकाबाट  नक्कली नेपाली रुपैया सहित ३ जना पक्रउ परेको छ । पक्रउ पर्नेमा आर्दश कोतवाल गाउपालिका वाड नम्बर ६ पटेर्वाका राम सहाय कुर्मी सहित अन्य दुई जना रहेको छ। पालीकाकै वाडा नं. ६ हरनैया चोकवाट तिनै जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ।जिल्ला प्रहरी परिसर र ईलाका वाट खटिएको संयुक्त टोलीले नक्कली नोट कारोवारमा संलग्न कारोवारी लाई पक्राउ गर्न सफल भएका छन।उनीहरु संग १ हजारका नक्कली नेपाली रु. ३लाख वरावर  र दुई वटा भारतीय नम्बर प्लेट को वाईक पनि वरामद गरेको छ।यस सम्वन्धमा थप अनुसन्धान गरि रहेको प्रहरीले जनाउनु भयो ।

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ११३ पटक पढिएको
  • धनुषको मुख्यापट्टीमा गोली प्रहार गरि एक जनाको हत्या

    धनुषा, पुस १० गते । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । धनुषको मुख्यापट्टीमा अज्ञात व्यक्तिको गोली प्रहार गरि एक जनाको हत्या गरेका छन् ।शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ ।प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर प

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १२८ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालय : चिनमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ, बुस्टर डोज लगाउन आग्रह

    काठमाण्डौ,पुस ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।मन्त्रालयले कोभिड–१९ क

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १८६ पटक पढिएको
  • इन्टरनेटको लाइन काट्नु दण्डनीय

    काठमाण्डौ,पुस ९ गते ।  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा इन्टरनेट सेवा अवरुद्ध हुने गरी कदम नचाल्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन काटिदिँदा देशका धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको र बैंकिङ, हवाइ सेवा लगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको भन्दै उसले अत्यावश्यक सेवा अवरुद्ध गर्नु दण्डनीय भएको स्मरण गराएको छ ।प्राधिकरणले दूरसञ्चार ऐन २०५३ स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध गरेमा दण्डनीय हुने बताएको हो ।‘यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण गम्भीर दुख व्यक्त गर्दछ । राज्यको अति आवश्

    • प्रकाशित मितिः पुस ९, २०७९
    • २२० पटक पढिएको
  • ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण

    विरगञ्ज,पुस ९ गते । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १९३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२