सिरहा,पुस २५ गते । सिरहाको प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु भएको छ । डाइलोसिस सेवा संचालन भएसँगै डाइलोसिस गराउने विरामीहरुलाई अन्यत्र जानुपर्ने वाध्यताबाट मुक्त भएका छन् । १२ वडा बेड सहित संचालन भएको डाइलोसिसका वेडहरु अहिले भरिभराउ छन् । 

vlcsnap-2023-01-09-13h05m45s370

सर्वसुलभ तरिकाले स्थानीय स्तरमै डाइलोसिस सेवा पाउन भन्ने उद्देश्यका साथ संचालनमा ल्याइएको  अस्पताल संचालन समितिका अध्यक्ष सोमिन्द्र प्रसाद यादवले उल्लेख गर्नुभयो । यसअघि डाइलोसिसका लागि विरामीहरुलाई विराटनगर, धरान लगायतको दुर दराजको ठाउँमा जानुपर्ने वाध्यता रहेको थियो । 

जिल्लामा एक मात्र प्रादेशक अस्पताल सिरहामा संचालन भएको डाइलोसिस गराउन आउने विरामीहरुले समयको बचतसँगै अतिरिक्त आर्थिक व्यवहार नभई सहजै सेवा लिन पाउँदा आफूहरु खुशी भएको बताउँछन् ।

vlcsnap-2023-01-09-13h05m36s848