सिरहा,पुस २३ गते । केही दिनदेखि बाक्लो कुहिरोसँगै चलेको शितलहरका कारणसिरहा प्रादेशिक अस्पताल सिरहामा चिसोका विरामीको चाप बढेको छ । चिसोकोकारण अधिकांश बुढापाका र बालबालिका प्रभावित भएको जनाइएको छ ।
पहिला एक देखि एक सय पचास जना विरामी आउने अस्पतालमा अहिले दोब्बर अंकले विरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ । प्रादेशिक अस्पताल सिरहाका चिकित्सक डा. मनिष यादवका अनुसार चिसोको कारण दम र निमोनियाका विरामीहरुको अत्यधिक चाप बढेको उल्लेख गर्नुभयो ।

शितलहरसँगै चलेको चिसोको कारण अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन तथा झोलिलो पदार्थहरु सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । अत्यधिक चिसो बढेको कारण व्यापारिक बजारहरुमा चहलपहल समेत पात्लिएको छ ।






















