सप्तरी,पुस २५ गते । सप्तरीको खडक नगरपालिका ११ मा बिग्रेर रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बोदेबर्साइनबाट राजबिराज तर्फ जादै गर्दा हुलाकी सडक खण्डअन्तर्गत  वडा नं. ११ मा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल ठोकिंदा चालक खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको हो।

दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।