X wada

समाज

    Showing १,३०१-१,३१० of १,४५१ items.
  • आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

    पाल्पा,मंसिर १० गते – आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका– ८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त  हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ११० पटक पढिएको
  • जनगणनाका एक गणकले गरे आत्महत्या, दुई जनाको मृत्यु

    सिरहा,मंसिर १० गते – जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ । देशभर छिटपुट घटना भने धेरै भएको महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १७० पटक पढिएको
  • माग बढी, आपूर्ति न्यून

    सिरहा,मंसिर १० गते – रासायनिक मल (डीएपी)को चरम अभाव भएको छ । अहिले गहुँ, तरकारी, दालबाली, तेलहनबाली, उखुबाली लगाउने बेला भएको छ तर डीएपी मल नपाएर किसान हैरान भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कात्तिक, मङ्सिर र पुसका लागि डीएपी मात्र ५० हजारदेखि ६० हजार मेट्रिक टन चाहिन्छ ।मलका गोदम रित्ता छन् । किसान मलका लागि बिक्री केन्द्रहरूमा जाँदा खाली हात फर्किनुपरेको छ । हाल नेपाल सरकारसँग हाल दुई हजार २५६ मेट्रिक टन मल मात्र मौज्दात छ । यो मल ‘हात्तीको मुखमा जिरा’जस्तो भएको छ । कहीँकतै बिक्री वितरण भइरहेको छ भने महँगोमा लुकिछिपी बिक्री भइरहेको छ । सिरहाका कृषक श्रीदेव यादव भन्नुहुन्छ, “धा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३१ पटक पढिएको
  • लैंगिक हिंसा विरुद्ध अभियान

    सिरहा,मंसिर १० गते – घर बाट सुरु गरौ ,महिला हिँसा अन्त्य गरौ भन्ने मूल नाराको साथ बिहीबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।अभियानको पहिलो दिन रौतहटको विभिन्न नगरपालिका , गाउंपालिकाहरुमा जनचेतनामूलक नारा लगाउदै महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गरौ भन्दै अभियान सुरु गरिएको हो । राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु कुमारी सिंहको अगुवाईमा ग्रामिण विकास केन्द्र नेपालको सहयोगमा महिला हिंसा बन्द गरौ , हातमा कपी कलम साथ भए जीवन आफ्नो हात हुने जस्ता नारा लेखिएको प्लेकार्ड सहित वडा नम्बर ६ को दलित वस्तीबाट सुरु गरिएको ¥याली वडा नम्बर ७ को परिक्रमा गर्दै नगरपालिका कार्यालयमा गइ

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १०८ पटक पढिएको
  • अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

    कञ्चनपुर,मंसिर ९ गते – भिमदत्त नगरपालिका(७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका(१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १४४ पटक पढिएको
  • जनकपुर क्षेत्र फोहोरमय बन्दै

    सिरहा,मंसिर ९ गते – जनकपुरधामको सबैभन्दा ठूलो र प्रमुख मानिने ‘रामजानकी विवाहपञ्चमी महोत्सव’ नजिकिँदै जाँदा जनकपुर नगर क्षेत्र फोहोरमय छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय लाखौं पर्यटकको आगमन हुने सो महोत्सवको तयारी जानकी मन्दिरमा महिना दिन अघिनै सुरु भइसकेको छ। तर, जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीका कारण नगरक्षेत्रमा ठाउँठाउँमा जथाभावी फोहोर थुपारिँदा नगरनै कुरुप भएको छ।  कोरोना महामारीले पछिल्लो दुई वर्षदेखि महोत्सव खल्लो भएको थियो। तर, यस वर्ष धुमधामका साथ साताव्यापी भव्य आयोजन गरिने तयारीमा जानकी मन्दिर जुटेको छ। मंसिर १७ देखि महोत्सव सुरु हुने भए पनि यसको आयोजनका लागि नगरक्षेत्रको सरसफा

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १९० पटक पढिएको
  • जनगणना सकिदै, आएनन् गणक स् गणनामा गणककै बदमासी, भाषा र धर्मबारे सोधिएन प्रश्न

    सिरहा,मंसिर ९ गते – जनगणनाकालागि खटिएको गणकको कार्य शैली विवादित बनेको छ । जनगणना सकिएपनि घरमा गणक नआएको, गणकले आफूखुशी गणना गरेको, घरमुलीसंग जानकारी नै नलिइ आफू अनुकुल घरमा गइ गणना पुस्तिका भर्ने गरेको र धर्म तथा भाषामा मनपरी गरेको पाइएको छ । घरमा पुगेर संकलन गर्नु पर्ने तथ्य गणकले आफूखुशी गर्दा जनगणनाको औचित्यमाथि नै प्रश्न तेर्सिन थालेको छ । गणकले गणना फारममा उल्लेख भएका सबै सवाल सोधेर जवाफ लेख्नु पर्ने प्रावधान रहेपनि भाषा बारे प्रश्न नै नगरी आफू अनुकुल जवाफ भर्ने गरेको पाइएको छ ।गणना पुस्तिकामा सीसाकलमको प्रयोग गरेर जवाफ लेखिएको समेत पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारमा मंगल

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १७० पटक पढिएको
  • महिला हिंसा अन्त्य गर्न दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरौं : राष्ट्रपति

    सिरहा,मंसिर ९ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको शुभकामना दिँदै महिला आत्मनिर्भर भए आत्मनिर्भर भए हिंसा कम हुनसक्ने बताएकी हुन्।उनले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। ‘समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १२८ पटक पढिएको
  • बारामा बलात्कारको घटना बढ्दै

    बारा,मंसिर ९ गते– बारा जिल्लामा बलात्कारका घटना बढ्दै गएका छन् । प्रत्येक महिना एक देखि चारवटा बलात्कारको घटना हुने गरेका छन् ।चालू आर्थिक बर्ष ०७८/७९ को साउनदेखि कात्र्तिक मसान्तसम्म १२ वटा वलात्कार तथा जबरजस्ती करणी उद्योगको आठ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।साउनमा ३, भदौमा ४, असोजमा ४ र कात्र्तिकमा एउटा वलात्कार भएको छ भने, साउनमा ५, भदौ, असोज र कात्तिकमा एक वटा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको बारा प्रहरीले जनाएको छ । प्रत्येक महिना एक देखि चार वटासम्म बलात्कारको घटना दर्ता हुने गरेको छ ।दर्ता भएका जबरजस्ती करणीका घटनामध्ये एक अप्राकृतिक मैथुनसँगै बाल यौन दुर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १४७ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थानबाट दूई जना पक्राउ

    नवलपरासी,मंसिर ८ गते – (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका(१ सानो टाडीबाट करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोही ठाउँस्थित ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका(३ घर भएका २२ वर्षीय कुखाङ वाईवालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले शंका लागि उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  कन्काई नगरपालिका–७ बिरिङबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही नगरपालिका–३ बस्ने २८ वर्षीय सुप्रकाश राईलाई मंगलबार

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • ११० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२