महेश सिंह सिरहा,मंसिर १३ मंसिर – सप्तरीको सुरुङ्गा नगरपालिका ११ स्थित बिहुल खोलामा नवजात शिशु फालिएको अबस्थामा फेला परेको छ। करिब २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु कपडामा बेरिएको अबस्थामा भेटीएको हो।

बिहान् स्थानीय गाउँलेहरु खोलातिर सौच गर्न गएका ब्यक्तीहरुले हेर्दा प्रहरीलाई जानकारी गराएका थियो। ईलाका प्रहरी कार्यालय सप्तरीको टोलिले घटना स्थलमा पुग्दा छानबिनको थालीएका थिए। उक्त नवजात शिशु छोरा रहेको प्रहरीले जानकारी दिनु भयो। प्रहरीले छानबिन गर्दा शिशुको आफन्त पता नलागे पछी। बच्चा कस्ले फालेको हो भन्ने कुरा प्रहरीले पता लगाई कर्बाहीको प्रक्रिया अगाडि बढाईने बताउनु भयो ।

घटना स्थलमा मानव अधिकार संग सरोकार राखने संस्था सप्तरीको कल्याणपुर स्थित रहेको सवल नेपालको बालबालिकाहरुलाई घर घरमा सुरक्षितित कार्यक्रमको परियोजना अधिकृत राधेश्याम रामको एक समुहले शिशुलाई न्यानो कपडा र उपचारमा लाग्ने औषधी खर्चको समेत बिल फरछौँट गरी ईलाका प्रहरी कार्यालय कडर्बोनाबाट खटीएको  टोलिको रोहबरमा शवल नेपालको परियोजना अधिकृत रामको विशेष पहल र वडा कार्यालयको रोहबरमा  स्थानीय निसन्तान पुरन साहले आफू खुशी बच्चालाई धर्म पुत्र अर्थात छोराको सम्पुर्ण हक अधिकारको जिम्मेवार उनले नै हुने र आफू जिवन निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।  सवल नेपालले  यस्तो घटनाहरुमा संरक्षणका लागि अग्रनी भुमिका खेल्दै आएका छन् ।