सिरहा,मंसिर १३ गते– भगवानपुर गाउँपालिका–३ गैरसाहा टोलबाट २ सय ७० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी बोदेबर्साईन नगरपालिका–१ बस्ने २० वर्षीय धर्मेन्द्र कुमार साह र सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त कुमार मंण्डल रहेका छन् । स.८ प. २८०३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार मण्डललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















