X wada

समाज

    Showing १,२०१-१,२१० of १,४५१ items.
  • बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न पक्राउ

    सुनसरी,पुष २ गते –  इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् । उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको होउनीहरु उपर  मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११९ पटक पढिएको
  • सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा

    काठमाडौँ, पुष २ गते – सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ । सम्झौताअनुसार मन्त्रालयले यी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार

    • प्रकाशित मितिः पुस २, २०७८
    • १४३ पटक पढिएको
  • १७ लाख बालबालिकालाई खोप

    काठमाडौँ, पुष २ गते – बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिएको छ ।नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने तयारी पूूरा भएको बताउनुभयो । पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर

    • प्रकाशित मितिः पुस २, २०७८
    • १३० पटक पढिएको
  • पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

    दैलेख,पुष २ गते – दैलेख जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। बालिकालाई बलात्कार गरेको अभियोगमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई अदालतले जन्मकैद ९२५ वर्ष० को फैसला सुनाएको हो। अदालतले जन्म कैदसँगै ६ लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए। मागदावी अनुसार सजाय मनासिव देखिएकोले पेशीकै दिन फैसला भएको श्रेस्तेदार कार्की

    • प्रकाशित मितिः पुस २, २०७८
    • १५४ पटक पढिएको
  • गाउँपालिकाको बेथितिविरुद्ध आन्दोलित युवकले अनसन तोडे

    वीरगञ्ज,पुष २ गते – गाउँपालिकाको वेथितिविरुद्ध आमरण अनसन बसेका पटेर्वासुगौली–२, पर्साका २६ वर्षीय रामजनम ओझैलाले अनसन तोडेका छन् । माग पूरा गर्ने निर्णय भएपछि ११ औं दिनमा उनले अनसन तोडेका हुन् । त्यसअघि उनी ५ दिन धर्नामा बसेका थिए ।क्षेत्राधिकार भित्र रहेको र गाउँपालिकाले पूरा गर्र्न सक्ने मागहरु गाउँपालिकाले नै पूरा गर्ने र बाँकी माग पूरा गराउन पहल गर्ने आश्वासन पाएपछि अनसन तोडेको ओझैयाले बताए । ‘सामुदायिक विद्यालयले चन्दाको नाममा लिएको शुल्क १० दिनभित्र फिर्ता गर्ने, कृषिको आधुनिकीकरणका लागि धान रोप्ने, गहुँ रोप्ने र माटो बराबर गर्ने तीन थान मेसिन खरिद गर्ने सहमति भएको छ,’ उनले भने ‘माग पुरा

    • प्रकाशित मितिः पुस २, २०७८
    • १३५ पटक पढिएको
  • आगलागीबाट एक दर्जन उपहार पसल जले

    बुटवल,पुष २ गते – बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् । गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले बताए । त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको बानियाले बताए । कवाड बटुल्ने व्यक्तिले जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उनले बताए । बोलाएको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको उनले बताए । त्यहाँ एक सय बढी उपहार पसल छन् । दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिए

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११८ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा छुटा छुटै स्थानबाट पक्राउ

    पर्सा,पुष १ गते – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका– १६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महतोले ती किशोरीलाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका–४ टोल डकैलास्थित आफ्नो दिदीको घर कोठामा लगि मंसिर २६ गतेसम्म पटक–पटक करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्ध

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११९ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थानबाट पक्राउ

    धनुषा,पुष १ गते – धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ७५ वर्षीय दिल बहादुर आले मगरलाई करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले आफ्नै घरमा लागूऔषध गाँजा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घरमा जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।वीरेन्द्रनगर नगरपालिका१ धारापानी बस्ने २६ वर्षीय रमेश परियार लगायत २ जनालाई ४ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११७ पटक पढिएको
  • युवकको हत्या

    दमक,पुष १ गते – झापाको दमक बजारमा बुधबार राति ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज कार्कीले जानकारी दिए ।गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् ।                   प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११२ पटक पढिएको
  • मलको अभाव

    सप्तरी, पुष १ गते– सप्तरीमा मलखादको चरम अभाव देखिएको छ । गहुँ खेतीको समयमा यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् ।कृषि सामग्री केन्द्रले राजविराजस्थित तेतरी गाछीमा रहेको गोदाममा भण्डारण गरी राखेको मल मङ्गलबारदेखि बाँड्न सुरु गरेपछि गाउँगाउँबाट आएका किसान बिहानदेखि भीड लाग्ने गरेको छ । डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान भने खाली हात फर्किनुपरेको स्थानीय किसान रामदेव मण्डलले बताउनुभयो । डिलरले किसानलाई मल नदिएर महँगो मूल्यमा बेच्ने गरेको र भारतीय सीमामा नेपालको मल पाइने गरेको उहाँले बताउनुभयो ।कृषि सामग्री कार्य

    • प्रकाशित मितिः पुस १, २०७८
    • ८१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२