सिरहा,पुष  ३ गते – धनुषाको सहिद नगरपालिकाको यदुकहामा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ ।

बहुउद्देश्य सहकारी संस्था लिमिटेड यदुकहाले भव्ताका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मनाइएको हो । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो विवेक यादवको अध्यक्षता तथा सहिद नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवले वैदेशिक रोजगारलाई सुरक्षित ,मरियादित बनाउन परिवार र रोजगारीमा गएका व्यक्तिको महत्वपुर्ण भूमिका रहेको बताए ।2

उनले अब आफनैं स्वदेशमा रोजगारीका लागी यस नगरपालिकाले कार्य थालनी गरिसकसेको जानकारी गराए । चाडै ने नगरपालिकामा रोजगारका लागी वातारण सृजना हुनेछ उनले बताए । बैदेशिक रोजगारीमा सकेसम्म नजाने, जाने नै भए  टेकनिकल हैन्ड सीप  सिकेर मात्रै विदेश जानुपर्ने शिक्षा सवैमा हुन जरुरी

रहेको कार्यक्रममा वक्ताहरुले बताएका छन् ।विदेशमा रहेका नेपालीहरुको भविष्य बालिएको मैनबत्ती झै विदेशमा रहेकाहरुले कमाएर पठाएको पैसालाई सबैले उचित तवरले प्रयोग गर्न सिक्नुपर्ने अध्यक्ष विवेक यादवले बताए । परियोजनाले बैदेशिक रोजगारीमा गएकाहरु परिवारको सम्पर्कभन्दा बाहिर भए सूचना केन्द्रमा आएर परामर्श लिन समेत आग्रह गरेको छ 3