सिरहा,पुष ३ गते – सुखिपुर नगरपालिकामा साईकल चोरको बिगबिगी भएको छ ।
सिरहा सुखिपुर नगरपालिका वडा नं. ९ बैसखामा एक हप्ता एक दर्जन बढी साईकल चोरी भऐपछि स्थानियहरु त्रसित बनेका छन् ।
स्थानिय सोभित मण्डलको घरबाट दुई वटा साईकल त्यसैगरी राम किशुन मण्डल,जयराम मण्डल लगायतका घरबाट रातीको समयमा साईकल चोरी हुने गरेका पिडितहरु बताए । राती र दिउसै साईकल चोरीको संख्या बढदै गएपछि स्थानियहरु चिन्तित बनेका छन् ।
स्थनिय प्रहरी प्रशान न्यून गस्तीका कारण चोरी हुने गरेको स्थानियहरुको आरोप रहेको छ । यता ईलाका प्रहरी कार्यालय सुखिपुरका अनुसार हामी कहाँ त्यस्तो कुनै जानकारी नआएको प्रहरी जनाएको छ




















