अनुभक्त चौधरी,लहान,पुस ३ गते । सिरहाको लहानमा नगर स्तरिय हाजरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सम्पन्न प्रतियोगितामा लहान नगरभरीका निजी तथा आवासीय विद्यालय अर्गनाईजेश्न नेपाल भित्र पर्ने विद्यालयहरुको छात्र र छात्राहरुको सहभागिता रहेको थियो ।
विद्याथीहरुको लागि किताबी ज्ञान मात्रै नभएर बाहिरी ज्ञान पाउने
उद्देश्यले सम्पन्न गरेको प्रतियोगितामा २४ विद्यालयका विद्ययार्थीहरुको सहभागिता
रहेको थियो ।
विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफू भित्र रहेका प्रतिभा पहिचान गर्न सकिने र निजामती क्षेत्रमा प्रवेश गर्न हाजरी जवाफमा पनि उत्तिर्ण हुनुपर्ने भएकोले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

सम्पन्न प्रतियोगितामा श्री शिव जानकी विद्याआश्रम लहान १८ भदैयाका
विद्यार्थीहरु सबिन कुमार महतो,सुस्मिता कुमारी महतो, नविन कुमार महतो
रअमरेश कुमार महतो प्रथम भएको थियो भने दोस्रोमा हुनेमा लहान नगरपालिका वडा नम्बर
१० मा रहेको दिब्य जोति पाठसालाका विद्यार्थीहरु त्यस्तै तेस्रो हुनेमा लहान
नगरपालिका ४ मा रहेका प्याराडराईज एकेडेमी स्कुलका विद्यार्थीहरु रहेको छ ।
हाजिर जवाफ प्रतियोगितामा प्रथम दृतय र तृतीय हुने विद्यार्थीहरुलाई मेटल, प्रमाणपत्र,र ट्रफि दिई टिका
लगाई बधाई तथा सम्पुर्णमा सुभकामना दिएका आयोजकले जानकारी दिनुभयो।




















