X Sharama Funecure

समाज

    Showing १,००१-१,०१० of १,४३९ items.
  • छोराले आफ्नै बुबाको हत्या गरे

    विराटनगर,माघ १३ गते –  प्रहरीले आफ्नै बुबाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ । बेलबारी नपरगालिका – ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बुबा दल बहादुरको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयलाई लिएर विवाद हुँदा आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीले बुबाको हत्या गर्ने छोरा जय बहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १३८ पटक पढिएको
  • भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु

    वीरगञ्ज,माघ १३ गते – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।कलैया(वीरगञ्ज सडक खण्डको कलैया– ५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना. ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।नारायणी अ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ११२ पटक पढिएको
  • जन्मदर कम हुँदा २० वर्षमा जनसङ्ख्या वृद्धिदर १.३२ प्रतशितले घट्यो

    सिरहा, माघ १२ गते – केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको संक्षिप्त तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले जनसङ्ख्या वृद्धिको अनुमान भन्दा करिब १२ लाख बढीले जनसङ्ख्यामा कमी आएको तथ्याङ्क छ। विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भएर तीन करोड तीन लाख ७८ हजार ५५ जनसङ्ख्या पुग्ने अनुमान गरेको थियो। तर, सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसङ्ख्या वृद्धि भएर हाल नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५।८१ रहेको छ। बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर केन्द्रीय त

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १४६ पटक पढिएको
  • चार लाख ८४ हजार नगदसहित १२ जुवाडे पक्राउ

    सर्लाही, माघ १२ गते – जुवाको खालबाट सर्लाही प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मङ्गलबार राती १२ बजे बागमती नगरपालिका– ३, धरहरास्थित ढलक भन्ने सञ्चर घिसिङको घरभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ८४ हजार ५० रुपियाँ नगदसहित पक्राउ गरेको हो । जुवाको खालबाट पक्राउ पर्नेहरुमा बागमती नगरपालिका– ३, का ३९ वर्षीय गौरीशङ्कर साह, घरधनी ३४ वर्षीय सञ्चर घिसिङ, ३४ वर्षकै जितबहादुर बम्जन, बसबरिया गाउँपालिका– ५, का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् ।यस्तै, हरिवन नगरपालिका– १०, का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी, ५७ वर्षीय अर्जुन

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६६ पटक पढिएको
  • मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

    पार्सा,माघ १२ गते – मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका(७ घर भई हाल चितवन भरतपुर महानगरपालिका(१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका(१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो । साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ११९ पटक पढिएको
  • कुन– कुन गाउँ– नगरमा सबैभन्दा धेरै र थोरै छ जनसंख्या :

    काठमाडौं,माघ १२ गते –  राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङ्गको लो(घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङ्सियाङ र नासोँ गाउँपालिका छन् । सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ३०६ पटक पढिएको
  • पछिल्लो ६ महिना मधेस प्रदेशमा सवारी दुर्घटनाबाट २ सय ९२ को मृत्यु

    सिरहा,माघ ११ गते –  मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर छ महिनाको अवधिमा २ सय ९२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ। पछिल्लो ६ महिनाको तथ्याङ्‍कमा प्रत्येक दिन एक जनाभन्दा बढी व्यक्तिको मृत्यु भइरहेको देखिन्छ।मधेस प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्‍क अनुसार पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परेर प्रदेशमा २ सय ९२ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको श्रावणदेखि पुससम्ममा प्रदेशको विभिन्न जिल्लामा २ हजार ८ सय ५९ सवारी दुर्घटनामा २ सय ९२ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार मृतक २ सय ९२ मध्ये २ सय ५२ पुरुष र ४७ जना महिला छन्।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २१२ पटक पढिएको
  • बलात्कार गरेको आरोपमा युवक पक्राउ

    पर्सा,माघ ११ गते – १५ वर्षीया बालिकालाई पटक(पटक बलात्‍कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।वीरगञ्ज महानरगरपालिका–का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक(पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २०२ पटक पढिएको
  • यौनजन्य घटना ३२ प्रतिशतले बढ्यो

    सोलुखुम्बु, माघ ११ गते –  हिमाली जिल्ला सोलुखुम्बुमा यौनजन्य घटना क्रमिक रुपले वृद्धि हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार जिल्लामा यौनजन्य घटनाको संख्या वार्षिक ३२ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।आर्थिक वर्ष २०७६/०७७ मा १७ वटा जबरजस्ती करणीको घटना दर्ता भएका थिए। त्यस्तै ०७७/०७८ मा बढेर २५ पुगेको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। जुन प्रतिशतको हिसाबले ३२ प्रतिशत हो।प्रहरी निरीक्षक ढकालका अनुसार चालु आर्थिक वर्षको ६ महिनामै १५ वटा जबरजस्ती करणीका मुद्धा प्रहरीमा दर्ता भएको छ। यस्तै जबरजस्ती करणी उद्योगको आर्थिक वर्ष २०७६/०७७

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १४५ पटक पढिएको
  • बेहुला चढने रथबाट कुल्चिएर २ जनाको मृत्यु

    वीरगञ्ज,माघ ११ –  बेहुला बोक्ने रथले किचेर बारामा २ जनाको ज्यान भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।बाराको आदर्शकोतवाल गाउँपालिकामा गएराती बेहुला बोकेर निस्केको जन्तीमा रहेको रथ अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । घटनामा अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा बस्ने बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकीनगर बस्ने दिपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।प्रहरीका अनुसार रथ अचानक तिव्र गतिमा कुद्दा रथको अगाड

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२