काठमाडौं,माघ १८ गते –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई प्रस्थान अनुमति ९डिपार्चर० दिन अस्वीकार गरेको छ ।

पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा सियरा लियोन, नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले शंकास्पद भ्रमण भन्दै उनीहरुको यात्रामा रोक लगाएको हो । उनीहरुले भ्रमणको औचित्य पुष्टि गर्न सकेनन् । त्रिअबी अध्यागमन कार्यालयले उनीहरुलाई सोमबार फिर्ता गरेको हो । 

अध्यामगन कार्यालयले कतार हिँडेकी कैलालीकी शारदा गिरी, साउदी अरेविया हिँडेका सिरहाका शुरेस कुमार मण्डल र सियरा(लियोन हिँडेका सिरहाका अल्पुकुमार गोसाईलाई  फिर्ता ९अफलोड० गरिदिएको छ ।  त्यस्तै, अध्यागमनले दुबई जान लागेका खोटाङका यामबहादुर विष्ट,  गुल्मीका सुरज राना, चितवनकी शिला बोगटी भण्डारी, काभ्रेकी गौरी भण्डारी, नुवाकोटकी मुना सुनवार, बर्दियाकी कविता तामाङ र सिन्धुपाल्चोकका सूर्यकुमार लामालाई  शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिइ फिर्ता गरिदिएको हो ।

उनीहरुले अध्यागमन अधिकृतसमक्ष आफ्नो यात्रा पुष्टि गर्न सकेनन् । अध्यागमनले नाइजेरिया जान लागेका चितवनका मेगनाथ पौडेललाई समेत प्रस्थान अनुमति दिएन । पौडेलसँग नाइजेरियाको प्रवेशाज्ञा नभएका कारण प्रस्थान अनुमति नदिइएको अध्यागमन स्रोतले बताएको छ ।  मानव तस्करहरुको सञ्जालले भिजिट भिसामा मलेसिया,अफ्रिका र खाडी मुलुक पुर्‍याइ  सर्वसाधारणलाई अलपत्र पार्ने गरेको सूचना पाएपछि गृह मन्त्रालयले त्यसमा कडाई गरेको हो । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड पूरा नगरी भिजिट भिसामा जान खोज्ने यात्रुहरुलाई अध्यागमनका अधिकारीहरुले फिर्ता गरेका हुन् । फिर्ता भएकाहरुले अध्यागमन अधिकृतले आवश्यक कागजात माग्दा दिन सकेनन् ।  त्रिअवी अध्यागमन कार्यालयले भिजिट भिसामा शंकास्पद यात्रा गर्ने व्यक्तिहरुको यात्रमा कडाई गरेको छ