अनुभक्त चौधरी

सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।

2

खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।

खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।

प्रतियोगितामा १० वटा टिम सहभागी रहेको छ भने खेल २६ गते सम्म चल्ने छ । 

4

3

1