विराटनगर,कार्तिक ७ गते – मोरङको लेटाङमा मोटरसाइकलको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ मा मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ५० वर्षीया अम्बिका ढकाललाई बिहान ९ ः३० बजेतिर ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान थालिएको छ
विराटनगर,कार्तिक ६ गते –विराटनगर महानगरपालिका(९ स्थित महेन्द्रचोकमा रहेको एउटा मोबाइल पसलमा चोरी भएको छ। सटरमा लगाएको ताला फोडेर मधुकुमार राईले सञ्चालन गरेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसलमा चोरी भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। राईले २०५८ सालदेखि मोबाइल पसल सञ्चालन गर्दै आएका थिए। एसपी जीसीका अनुसार चोरीमा संलग्नहरु मोबाइल पसलसँगै रहेको किराना पसलको गोदाम फोडेरभित्र छिरेको पाइएको छ। पसल सञ्चालक राईले पसलमा रहेकामध्ये १५र१६ वटाभन्दा बढी स्मार्ट फोन लगायतका मोबाइल चोरी भएको जानकारी दिए। शुक्रबार बेलुका पसल बन्द गरेर घर गएका उनले शनिबार बिहान ११ बजेतिर पसल खोल्
सुर्खेत,कार्तिक ६ गते –सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका(७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका(६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ‘समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० स् ४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान
ताप्लेजुङ, कात्तिक ६ गते । ताप्लेजुङमा आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई कारागार चलान् गरिएको छ । प्रेमिकाको हत्या गरेको आरोप लागेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भएकी आफ्नै प्रेमिका १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या गरेको आरोपमा गत असोज १० मा कार्की पक्राउ परेका थिए । हत्या गरिएकी पुष्पाका आफन्तले दिएको किटानी जाहेरीपछि पक्राउ परेका कार्कीलाई जिल्ला अदालतको थुनछेक आदेशअनुसार शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्ले
काठमाडौँ,कार्तिक ६ गते — कोभिडको दोस्रो लहरमा ज्यानै जोखिममा राखेर खटिनेमध्ये काभ्रेका एक चिकित्सक पनि थिए । कोभिडका बिरामीको उपचार गर्दा उनी आफैं पनि संक्रमित भए । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड बिरामीको चाप थेग्नै नसकेपछि वैशाखमा उनलाई करारमा नियुक्ति दिएको थियो । उनी हाल वीरको कोभिड युनिफाइड अस्पतालमा कार्यरत छन् । उनले साउनयताको तलब फूलपातीको बेलुकी मात्रै पाए । उनीजस्तै ट्रमाले नियुक्ति दिएका २७ जनाले तलब पाउन दुई साता धर्ना बस्नुपरेको थियो । तैपनि कोभिड भत्ता अहिलेसम्म पाएका छैनन् । भत्ता मासिक तलबको ५० प्रतिशत पाउने व्यवस्था छ । ट्रमाले वैशाखमा मासिक ४४ हजार रुपैयाँ तलब दिने
सिन्धुपाल्चोक, कातिक ६ गते । इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार विहान राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।मृतक अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमती हुनुहुन्थ्यो । शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु विहान ७ बजे भएको हो । ५१ वर्षीया अधिकारीको तीन छोरी छन् । उहाँको निधनले सिंगो काँगे्रसलाई क्षति भएको काँगे्रस नेता बंशलाल तामाङले दुःखसो ब्यक्त गर्नुभयो
गुल्मी,कार्तिक ६ गते– गुल्मीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर(४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर(६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो । यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी
खलङ्गा,कार्तिक ६ गते – दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् ।मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।बाँकेको नेपालगञ्जका सिर्जन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा
सिरहा,कार्तिक ६ गते – छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पुर्याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए । छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पुर्
सिरहा, कार्तिक ६ गते । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण करिब डेढ वर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको दुई वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । त्यसलगत्तै नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकियो । कोरोना जोखिम घटेपछि २०७७ मङ्सिरबाट पुनः केही काम हुँदै थियो । पुनःकोरोनाको दोस्रो लहरले छानबिनको कामलाई जहाँको तही थाँती राखिदियो । “तिहारपछि अर्थात् आउँदो मङ्सिरदेखि का
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.