सिरहा,कार्तिक ९ गते । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी चौकमा बृहत बिरोध कार्यक्रममा सोमबार जनमन पार्टीका अध्यक्ष डा। सिके राउतको पुतला दहन गरिएको छ । नेपाल कुशवाहा कल्याण समाज सप्तरीले डा। राउतको पुतला दहन गरेको हो ।

कुशवाहा समाज सप्तरीद्वारा आयोजित बृहत बिरोध कार्यक्रममा सयौंको संख्यामा उपस्थिति समाजका अगुवाहरूले डा। सिके राउत विरुद्ध चर्को नारा लगाउँदै पुतला दहन गरेका थिए । संघीय खानेपानी तथा ढल ब्यबस्थापन योजना जनकपुरका निमित्त प्रमुख ईन्जिनियर राजेश कुशवाहालाई जनमत पार्टीका नेताकार्यकर्ताले अमानवीय ब्यबहार गरेको विरुद्ध कुशवाहा समाजले बिरोध प्रदर्शन गरेकका हुन् ।

ck2

राउतको पुतला दहन गर्न खोज्दा प्रहरीले रोक्न खोज्दा समाजका पदाधिकारी र प्रहरी बीच घम्साघम्सी भएका थिए । पुतला दहनपछि सामाजले कोणसभाको आयोजना गरेका थिए । नेपाल कुशवाहा कल्याण समाज सप्तरीका अध्यक्ष हंसा नारायण मेहताको अध्यक्षतामा आयोजित कोणसभामा जिल्ला सह–सचिब चेत नारायण मेहता, सदस्य लाल बाबू मेहता, बुद्धिजिवी हरिनारायण मेहता, योगेन्द्र मेहताले मन्तव्य व्यक्त गर्दै दुव्र्यवहारमा संलग्न जनमत पार्टीका नेताकार्यकर्तालाई कडा कारबाहीको माग गरेका छन् । घटनामा संमलग्न सिके राउतको कार्यकर्तामाथि कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

 गत बिहीबार निमित्त प्रमुख ईन्जिनियर कुशवाहालाई सिके राउतका कार्यकर्ताले अर्धनग्न पारी शरीरमा हिलो छ्यापेर, कुटपिट गर्दै जनकपुर बजार घुमाएका थिए ।