काठमाडौं,कार्तिक ९ गते – बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका(८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ