भैरहवा, कार्तिक १२ गते–रुपन्देही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले ९ सय ग्राम ब्राउनसुगरसहित शुक्रबार तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रुपन्देहीको कन्चन गाउँपालिका ४ प्रगतीटोल बस्ने २९ वर्षीय नरेन्द्रकुमार दर्जी, कन्चन– ५ बस्ने ३१ वर्षीय मोहन सुनार र कन्चन– ४ का ३४ वर्षीय प्रदीप पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थपको अनुमति लिई लागुऔषध कारोबार ऐन
काठमाडौं,कार्तिक १२ गते – धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका(९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो।घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै
सिरहा,कार्तिक १२ गते – महोत्तरीको औरही नगरपालिका ९ अग्लेशराका ५० बर्षिय व्यक्ति बोक्सो आरोपमा बिहीवार राती कुटिएका छन् ।ती ब्यक्तिलाई सोही स्थानका ४० बर्षिय शिलादेबी मंडल, उनका छोरा १६ बर्षिय रामउदेश मंडल, ३५ बर्षिय दुखियादेबी र उनका छोरा १५ बर्षिय कृष्ण मंडललले बोक्सो आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनकारी दिए ।बिजयादशमी अघि शिलादेबीका श्रीमान् र रुपती संगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेबीको श्रीमानको मृत्यु भएको थियो । हिजो भएको मोटरसाईकल र्दुघटनामा शिलादेबीको छोरा रामउदेशको ज्यान गएपछी टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र ख
झापा, कार्तिक १२ – दुईटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेका गौरादह नगरपालिका ४ निवासी ४० वर्षीय भानु खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहान ८ बजे गौरादह ४ स्थित धरधरे जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।दुर्घटनामा परी मे ९ प २७०३ नम्बर मोटरसाइकल चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक र
कपिलवस्तु,कार्तिक १२ गते – मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाणगंगा नगरपालिका–८ धनेशपुर बस्ने २६ वर्षीय बिजय खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त गेट नजिक लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त अनुसार सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
मोरङ,कार्तिक १२ गते – बिराटनगर महानगरपालिका–१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प. ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
सिरहा, कार्तिक ११ गते । वर्षौदेखि खानेपानी धाराको आसमा बसेका सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित कालापानीका स्थानीयहरुलाई आजदेखि घर घरमै खानेपानीको धारा आएका छन् । घर घरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका हुन् । यस अघि उक्त क्षेत्रका ६० घर परिवारहरुले नजिकै रहेको सर्रे खोलाको पानी खान वाध्य हुँदै आएको थियो । धनगढीमाई नगरपालिकाको ३० लाख र सामुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजारको लागत सम्पन्न कालापानी खानेपानी आयोजना निर्माण भएका हुन् । उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरो
काठमान्डौ,कार्तिक ११ गते – विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् । विभिन्न बालबालिकादेखि वृद्धव
सिरहा,कार्तिक ११ गते – विराटनगरमा रहेको नेपाल आयल निगमको डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुगेको छ ।निरन्तर पेट्रोलियम पदार्थको माग बढिरहेका कारण निगमले मट्टितेलका दुई ट्याङ्कलाई पेट्रोल ट्याङ्कमा परिवर्तन गर्न लागेको बताएको छ । मट्टितेलको माग कमी हुँदै गएका कारण सोही ट्याङ्कलाई पेट्रोल ट्याङ्कमा परिवर्तन गर्दा सहज हुने निगमको निष्कर्ष छ ।नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमत
काठमाण्डौ,कार्तिक ११ गते – विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आउँदो मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,गार्हस्थ्य स्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.