सिरहा, कार्तिक २९ गते । सिरहाको धनगढीमाइ नगरपालिका वडा नं. ८ मा भुटाई यादव लगायत एक दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

एक साता अघि धनगढीमाई नगरपालिका वडा नं.५ तैंतिस विगहाबाट पनि एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा दर्जनौ नेता कार्यकर्ता प्रवेश गरेका थिए । यसरी  गएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । 

एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भुटाई यादव वडा नं. ८ का वडा अध्यक्ष प्रत्यासी उम्मेद्वार हुन् भने राम आधार यादव वडा नं. ९ का वडा सदस्य प्रत्यासी उम्मेद्वार हुन् । 

नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्र का प्रदेश नं २ का सह इन्चार्ज विश्व नाथ साहले अबिर लगाई पार्टी प्रवेश गराउनुभएको हो । 

पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरि नारायण चौधरी, जिल्ला संयोजक राम कुमार यादव, जिल्ला सदस्य तथा वडा अध्यक्ष प्रकाश योन्जन लगायतका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।