मकवानपुर,कार्तिक १० गते – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उहाँले पदबाट राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको हो ।प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । उहाँ
नेपालगञ्ज, कात्तिक ८ गते – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ ।“प्रधानन्यायाधीश राणामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने हुन्छ” उहाँले भन्नुभयो । पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर फर्किनुभएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश वा राष्ट्रपति जोसुकै होस् सबैले आफुलाई आत्मानुशासित राख्
काठमाडौं,कार्तिक ७ गते – नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन्। बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहभागी थिए। महान्यायाधिवक्ता खा
सिरहा,कार्तिक ७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । पाँचथर र इलामको बाढीप्रहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ स्थित जलसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडितई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।प्रदेश नम्बर एकमा सबैभन्दा धेरै क्षति पाँचथरमा भएको भन्दै देउवाले तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पीडितहरुको दीर्घकालिन व्यवस्थापनका लागि विषेशष कार्यक्रम ल्याउने बताएका हुन् । ‘सरकारले यसअघि नै आपतकालिन राहतका कार्यक्रमहरु ल्याएको छ,ु पीडितहरुलाई सम्बोधन गर्दै देउवाले भने,ुत
सिरहा, कार्तिक ६ गते । कात्तिक २ गते नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीका नामबाट एउटा प्रेस विज्ञप्ति जारी भयो, जसमा कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख थियो ।कात्तिक २ गते रेवतीरमण भण्डारीको अध्यक्षता एवं केन्द्रीय सदस्य तैयब हुसैनको प्रमुख आतिथ्यमा बसेको सचिवालय बैठकले कात्तिक ६ गते वडा अधिवेशनहरू सफल बनाउने र कात्तिक ९ गते पालिकास्तरी सम्मेलनहरू सफल पार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।त्यसैगरी भण्डारीको अध्यक्षतामा बसेको सो बैठकले पार्टी नेता ओम कोइरालाको निधनप्रति शोक व्यक्त गर्ने र बाढी पीडितहरूलाई राहतको व्यवस्
सिरहा,कार्तिक ६ गते ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादवले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट दायाबायाँ नगरी विकास निमार्ण कार्यमा मात्र लगाए गाउँ चिटिक्क हुने बताएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँको सिद्धि दात्री भगवती मन्दिरको प्रांगणमा शुक्रबार आयोजना गरिएको भेटघाट तथा शुभकामना अदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।हामीले खुन, पसिना बगाई कमाएर तिरेको करबाट नै, विकासका लागी रकम आउने गरेको बताउँदै उनल भने– सो विकासीय बजेटका लागि आएको रकम दुरुपयोग हुदाँ जनतालाई अगाडि आउन आवश्यक रहेको छ । जनताले
काठमाडौं,कार्तिक ५ गते । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो ।संवैधानिक बाध्यतापछि मात्रै विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गर्ने, त्यसपछि सातारदश दिन पछि बैठक राख्ने र विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्ने, केही दिन बैठक स्थगित गरेर अर्को बैठकमा उक्त प्रस्तावमाथि छलफल गर्ने, फेरि केही दिन स्थगित गरेर मतदानका लागि समय तोक्ने प्रवृत्ति प्
काठमाडौं कात्तिक ५ गते,गृहमन्त्री बालकृष्ण खाँणले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्नेलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।सेन्टर फर डेमोक्रेटिक इन्जीनियर्स नेपाल९सीडेन०ले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको थियो । सो क्रममा गृहमन्त्री खाँणले दोषिलाई हदैसम्मको कारबाही गरिने बताएको सिडेनका सदस्य रवीभुषण झाले अन्नपूर्णलाई बताए ।ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि अमुक संगठनको नाममा हुलहुज्जतसहित गरिएको अमानवीय र आपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारबाहीको माग गरि
सिरहा,कार्तिक ५ गते । जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग इन्जिनियरहरुले गरेका छन्। कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो दलेर शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्। फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता म
सिरहा,कार्तिक ५ गते । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।न्यायाधीश डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट स्थगित गरिएको हो ।२०६४ सालको संविधानसभा निर्वाचनको समयमा इँट्टाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतको आदेशमा आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उक्त आदेशविरुद्ध आलमले उच्च अदालत हुँदै सर्व
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.