सिरहा,कार्तिक ६ गते ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादवले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट दायाबायाँ नगरी विकास निमार्ण कार्यमा मात्र लगाए गाउँ चिटिक्क हुने बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँको सिद्धि दात्री भगवती मन्दिरको प्रांगणमा शुक्रबार आयोजना गरिएको भेटघाट तथा शुभकामना अदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

हामीले खुन, पसिना बगाई कमाएर तिरेको करबाट नै, विकासका लागी रकम आउने गरेको बताउँदै उनल भने– सो विकासीय बजेटका लागि आएको रकम दुरुपयोग हुदाँ जनतालाई अगाडि आउन आवश्यक रहेको छ । जनताले निगरानी राखी, दुरुपयोग गर्नेलाई पर्दाफास गर्दा मात्र भ्रष्टाचार कम हुन्छ, भ्रष्टाचार कम भए मात्र विकास गति लिन सकिने उनको भनाई थियो ।

भोलीका भविष्य रहेका अधिकांस यूवाहरु लागु पदार्थ, विकृति विसंगतितर्फ केन्द्रित हुदै गएकोप्रति अध्यक्ष यादवले चिन्ता समेत व्यक्त गरे । गाउँका हरेक गरिबलाई गणतन्त्र नेपालको अनुभूति गराउन हामीलाई कार्य गर्न आवश्यकता रहेको बताए ।

जसपा नेपालका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष श्रीराम मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभा सदस्य मृगेन्द्र प्रसाद यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका केन्द्रिय सदस्य विशेश्वर रजक, शम्भु झालगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

सोही पार्टीका यूवा नेता निरज कुमार झाले ९मुक्ती० सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष खगेन्द्र कुमार मण्डलले व्यक्त गरे ।