काठमाडौं कात्तिक ५ गते,गृहमन्त्री बालकृष्ण खाँणले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्नेलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

सेन्टर फर डेमोक्रेटिक इन्जीनियर्स नेपाल९सीडेन०ले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको थियो । सो क्रममा गृहमन्त्री खाँणले दोषिलाई हदैसम्मको कारबाही गरिने बताएको सिडेनका सदस्य रवीभुषण झाले अन्नपूर्णलाई बताए ।

ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि अमुक संगठनको नाममा हुलहुज्जतसहित गरिएको अमानवीय र आपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारबाहीको माग गरिएको छ ।